कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्ट्याग्रीटी आइडलमा उत्कृष्ट पाँच कर्मचारीको छनोट

काठमाडौं — एकाउन्टबिलिटी ल्याबको आयोजनामा हरेक वर्ष सञ्चालन हुने इन्ट्याग्रीटी आइडल को तेस्रो संस्करण इन्ट्याग्रीटी आइडल नेपाल २०१६ का उत्कृष्ट पााचको नाम सार्वजनिक भएको छ ।

इन्ट्याग्रीटी आइडलमा उत्कृष्ट पाँच कर्मचारीको छनोट

उत्कृष्ट पाँचमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव भीष्मकुमार भूसाल, महिला तथा बालबालिका कार्यालय जुम्लाकी महिला विकास निरीक्षक बिन्दु कुँवर, सिद्धबाबा उमावि, गुल्मीका प्रधानाध्यापक डोरविक्रम श्रीस, बागेश्वरी उमावि, भक्तपुरका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा र मौनाबुधुक स्वास्थ्य चौकी, धनकुटाका स्वास्थ्य सहायक तारा सुवेदी छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय संयोजक रहेको निर्णायक मण्डलमा पूर्व सचिव जीवनप्रभा लामा, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका भरतबहादुर थापा र पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह छन् ।

जनताप्रति सरकारी अधिकारीलाई उत्तरदायी बनाउने उदेश्यले सन् २०१४ देखि इन्ट्याग्रिटी आइडलको शुरुवात गरिएको थियो । सन् २०१४ मा पााचथरका तात्कालिन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल इन्ट्याग्रिटी आइडल भएका थ्एि । सन् २०१५ मा गुल्मीका तात्कालिन प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल विजेता भएका थिए ।

एसएमएस र वेबसाइटबाट प्राप्त जनताको मत र निर्णायक मण्डलको मतका आधारमा इन्ट्याग्रीटी आइडल २०१६ को छनोट गरिने छ । भूसालका लागि लागि भोटिङ कोड ०१, बिन्दु कुवरका लागि ०२, डोरबिक्रम श्रीसका लागि ०३, कृष्णप्रसाद धन्छाका लागि ०४ र तारा सुवेदीका लागि ०५ निर्धारण गरिएको छ । भोटिङकालागि मोबाईलको म्यासेज बक्समा गएर IIN टाइप गरी स्पेस दिएर आफुलाई चित्त बुझेको ब्यक्तिको भोटिङ कोड लेखी ३४००१ मा पठाउन सकिने छ । त्यसैगरी भोटिङ इन्टरनेटबाट बाट पनि गर्न सकिने छ त्यसका लागि www.integrityidol.org मा गएर भोट गर्न सकिने छ । भोटिङ अवधि पुस ७ गते बिहीबार देखि पुस १६ गते शनिबार राति १२ बजे सम्म खुल्ला रहने छ ।

प्रकाशित : पुस १५, २०७३ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?