कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीमतीको हत्या गरी आत्माहत्या

भक्तपुर — चाँगुनारायण नगरपालिका(३, छालिङ्ग थापागाउँका ४४ वर्षीय ज्योतिराज थापाले आफ्नी श्रीमतीको हत्यापछि विष सेवन गरी आत्माहत्या गरेका छन् । शनिबार दिउँसो आफ्नी श्रीमतीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेपछि आफूले पनि विष सेवन गरी थापाले आत्माहत्या गरेको प्रहरीले जनाएको छ ।

चाँगुनारायण नगरपालिका(३, छालिङ्ग थापागाउँका ४४ वर्षीय ज्योतिराज थापाले आफ्नी श्रीमतीको हत्यापछि विष सेवन गरी आत्माहत्या गरेका छन् ।

शनिबार दिउँसो आफ्नी श्रीमतीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेपछि आफूले पनि विष सेवन गरी थापाले आत्माहत्या गरेको प्रहरीले जनाएको छ ।

घटनापछि थापा स्वयंले प्रहरीसमक्ष आई जानकारी गराएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी कृष्ण प्रसाईंले बताए । प्रहरीलाई जानकारी गराएको केही क्षणमै थापाको मृत्यु भएको प्रसाईंले बताए ।

थापाको छोरा अस्ट्रेलिया रहेको र छोरीसमेत विवाहित भएकाले घरमा उनीहरु दुई जनामात्र बसोबास गरिरहेको पाईएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रसाईंले बताए ।

प्रकाशित : पुस ९, २०७३ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?