कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीमतीको हत्यापछि थापाले गरे आत्महत्या

भक्तपुर — चाँगुनारायण नगरपालिका–३, छालिङ्ग थापागाउँका ४४ वर्षीय ज्योतिराज थापाले आफ्नी श्रीमतीको हत्यापछि विष सेवन गरी आत्महत्या गरेका छन् । शनिबार दिउँसो आफ्नी श्रीमतीलाई धारिलो हतियारको प्रयोग गरी हत्या गरेपछि आफूले पनि विष सेवन गरी थापाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।


 
घरमा श्रीमतीको हत्या गरी विष सेवनपछि आफैंले प्रहरीसमक्ष जानकारी गराएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी कृष्ण प्रसाईंले बताए । प्रहरीलाई जानकारी गराएको केही क्षणमै थापाको मृत्यु भएको प्रसाईंले बताए । थापाको छोरा अष्ट्रेलिया रहेको र छोरी समेत विवाहित भएकाले घरमा उनीहरु दुईजना मात्र बसोबास गरिरहेको पाइएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रसाईंले बताए ।

प्रकाशित : पुस ९, २०७३ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?