कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेडियो धादिङको प्रसारण नरोक्न सर्वोच्चको आदेश

कान्तिपुर संवाददाता

काठमाडौं — सर्वोच्च अदालतले रेडियो धादिङको प्रशारण अवरुद्ध हुने कुनैपनि क्रियाकलाप नगर्न अल्पकालीन आदेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले मंगलबार जिल्ला वन र प्रशासन कार्यालयलाई रेडियो प्रशारणमा अवरोध हुने कुनै कार्य नगर्न/नगराउन आदेश दिएको हो ।

रेडियो धादिङको प्रसारण नरोक्न सर्वोच्चको आदेश

सर्वोच्चले दुवै पक्षलाई कात्तिक १० मा छलफलका लागि बोलाएको छ । 

सामुदायिक वनको जग्गा मिचेर भवन बनाएको भन्दै प्रशासनले रेडियो प्रशारण अवरुद्ध गरेको थियो । तर, प्रक्रियाअनुसारै रेडियो सञ्चालन गरेकाले प्रशासन र वनको निर्णय गैरकानुनी भएको भन्दै रेडियो सञ्चालन गर्ने ग्रामीण सहकारीका उपाध्यक्ष सुवास खतिवडाले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । अदालतले यसअघिको निवेदनलाई पनि सँगै पेस गर्न आदेश दिएको छ । 

प्रकाशित : कार्तिक २, २०७३ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?