राजधानीका दुई विद्यालयमा बम विष्फोट, पाँचवटा स्कुलमा बम फेला- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजधानीका दुई विद्यालयमा बम विष्फोट, पाँचवटा स्कुलमा बम फेला

•दुई जना पक्राउ •प्याब्सन, एन प्याब्सन र हिसानको संयुक्त बैठक बस्दै
गणेश राई

काठमाडौं — राजधानीमा दुई वटा स्कुलमा मंगलबार बिहान बम विष्फोट भएको छ । पाँचवटा स्कुलमा बम फेला परेको छ । बिष्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन ।

जोरपाटीस्थित मनकामना स्कुल र आकाशदीप स्कुलमा बम विष्फोट भएको प्याब्सनका महासचिव डीके ढुंगानाले जानकारी दिए ।

राजधानीमा दुई वटा स्कुलमा मंगलबार बिहान बम विष्फोट भएको छ । पाँचवटा स्कुलमा बम फेला परेको छ । बिष्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन ।

जोरपाटीस्थित मनकामना स्कुल र आकाशदीप स्कुलमा बम विष्फोट भएको प्याब्सनका महासचिव डीके ढुंगानाले जानकारी दिए । दुवै स्कुलमा प्रेसर कुकर बम राखिएको थियो । आकाशदीपको गेटमा क्षति पुगेको छ भने मनकामना स्कुलको पछाडि भागमा विष्फोट भएको हो । आकाशदीपमा बिहान साढे ३ बजे र मनकामनामा बिहान पौने ४ बजे बम विष्फोट भएको हो ।

यसैबीच सानेपाको रेडियन रिडर्स एकेडेमी, डल्लुको कञ्चनजंघा स्कुल, बौद्धमा रहेका राई स्कुल र इस्टपोल स्कुल तथा जोरपाटी माकलबारीमा रहेको बालसंसार सेकेन्डरी स्कुलमा पनि शंकास्पद वस्तु फेला परेको छ । रेडियन स्कुल प्याब्सनका महासचिव डीके ढुंगानाको हो ।

प्रहरीले विष्फोट गराएको आशंकामा दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले जानकारी दिए । पक्राउ परेकाहरुको परिचय खुलाएको छैन ।

यो पनि हेर्नुहोस्- विद्यालयमा बमै बम (फोटो फिचर)

डल्लुको कञ्चनजंघा स्कुलमा बम डिस्पोज गर्दै सुरक्षाकर्मी । तस्बिर : प्रताप थापा

विस्फोट गराइएको स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ कम्युनिस्ट फोर्स नेपाल लेखिएको को पर्चा छरिएको छ । दुवै संगठन देवेन्द्र महतो नेतृत्वको माओवादी कम्युनिस्ट केन्द्र नेपाल भन्ने पार्टीका हुन् । आपराधिक गतिविधिमा संलग्न महतो पटक पटक पक्राउ परिसकेका छन् ।

यसैबीच मंगलबार बिहान ११ बजे प्याब्सन, एन प्याब्सन र हिसानको आकस्मिक बैठक बोलाइएको छ ।

प्रकाशित : आश्विन ४, २०७३ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्

सेनालाई १५ अर्ब

जगदीश्वर पाण्डे

काठमाडौं — आवश्यक सामग्री आफैंले उत्पादन गरी परनिर्भरता कम गर्न सरकारले नेपाली सेनालाई करिब १५ अर्ब रुपैयाँ दिने भएको छ ।

मुलुकका विभिन्न स्थानमा सेनाले सञ्चालन गर्दै आइरहेका प्लान्ट मजबुत बनाई सैनिक सामग्री उत्पादनलाई बढावा दिन सरकारले यो रकम दिन लागेको हो । सेनाले एम्युनिसन, अक्सिजन र डेटोनेटर प्लान्टलगायतका नयाँ उत्पादन र सञ्चालन भइरहेका उद्योगलाई थप व्यवस्थित स्थानमा स्थानान्तरण गर्ने योजनालाई अघि बढाएको हो ।

मन्त्रिपरिषदको २०७३ साउन ७ को निर्णयअनुसार नयाँ एम्युनिसन उत्पादन प्लान्ट, डेटोनेटर प्लान्टलगायत स्थानान्तरण र स्थापना गर्न १४ अर्ब ७५ करोड रुपैयाँको सहमति दिएको हो । रकम दिन अर्थ मन्त्रालय सहमत भए पनि रक्षा मन्त्रालय र नेपाली सेनाले भने कहाँ नयाँ प्लान्ट खोल्ने र भइरहेका प्लान्टहरूलाई कहाँ व्यवस्थित रूपमा स्थानान्तरण गर्ने भन्ने योजना प्रस्ताव गर्न सकेका छैनन् ।

रक्षा मन्त्रालयका प्रवक्ता शिव सिम्खडाले प्लान्ट स्थापना तथा स्थानान्तरणबारे एक कार्यदल गठन गरेर अघि बढ्ने योजना रहेको बताए । ‘मन्त्रालय र सेनाबीच कार्यदल निर्माण हुनेछ । त्यसले कुन प्लान्ट कहाँ राख्न उचित हुन्छ भन्नेबारे सल्लाह दिनेछ,’ उनले भने । सेनाले स्वयम्भूको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालभित्र रिपुमर्दिनी अक्सिजन प्लान्ट सञ्चालन गर्दै आइरहेको छ । ‘बजार र भीड क्षेत्रमा कस्तो–कस्तो प्लान्ट राख्ने, कुन प्लान्ट कहाँ स्थानान्तरण गर्दा वातावरणीय र मानवीय रूपमा पनि सहज हुन्छ भन्ने जस्ता पक्षहरूको अध्ययन गरेर नयाँको स्थापना र पुरानोका स्थानान्तरण गर्ने हो,’ प्रवक्ता सिम्खडाले भने ।

सेनाले विस्फोटक पदार्थ, गोली गठ्ठा र अक्सिजनहरू आपैंmले पनि उत्पादन गर्दै आइरहेको छ । सेनालाई हवाई साधन खरिद गर्न साउन १४ को मन्त्रिपरिषद्ले ८ अर्ब ५६ करोड दिने निर्णय गरेको छ ।

प्रकाशित : आश्विन ४, २०७३ ०९:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×