'वारि जमुना पारि जमुना'का गायक रहेनन्- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'वारि जमुना पारि जमुना'का गायक रहेनन्

कान्तिपुर संवाददाता

काठमाडौं — 'वारि जमुना, पारी जमुना' गीतबाट चर्चित बनेका लोक गायक खेमराज गुरुङको बिहीबार निधन भएको छ । कलेजोमा समस्या भएपछि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका उनको बिहीबार दिउँसो मृत्यु भएको हो ।

'खेमराज दाई अव हाम्रो सामु रहनु भएन, डाक्टरले उहाँको निधन भएको जानकारी गराउनु भएको छ' अस्पतालमै रहेका गुरुङकै जिल्लाबासी लोक गायक कमलीकान्त भेटवालले कान्तिपुरसंग भने, 'हामीले एक जना होनहार स‌ंगीत साधकलाई गुमाएका छौं ।'

उनको अवस्था गम्भिर भएपछि एयर एम्बुलेन्सबाट दिल्ली लैजाने तयारी गरेपनि लैजान नसकिने अवस्था भएकाले रोकिएको थियो ।

स‌खुवासभामा जन्मेका गुरुङ गीत संगीतमा लामो समयदेखि सक्रिय थिए । उनले गाएको पूर्वी पहाडको लोकभाका 'वारि जमुना पारि जमुना' एक ताका धेरैको जिब्रोमै झुण्डिने गर्दथ्यो । उनको एक दर्जन एल्वम छन् ।

हेर्नुहोस् खेमराजको चर्चित गीत वारि जमुना पारि जमुना:

प्रकाशित : भाद्र ९, २०७३ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्

कालोबजारीमा प्रक्राउ परेका व्यापारी छुटाउन गोरखा बजार बन्द

सुदीप कैनी

गोरखा — अनुदानको मल नीजि पसलबाट बिक्री गरेको आरोपमा प्रक्राउ परेका व्यापारीलाई छुटाउन दबाब दिने उद्देश्यले गोरखा उद्योग वाणिज्य संघले बिहीबार गोरखा बजार बन्द गराएको छ ।

जिल्ला संयुक्त बजार अनुगमन समितिले मंगलबार सरकारले अनुदानमा किसानलाई उलपब्ध गराएको रासायनिक मल अनाधिकृत रुपमा बिक्री बितरण गरेको अवस्थामा तीन व्यापारीलाई प्रक्राउ गरेको थियो । बजार बन्द गराउन उद्योग वाणीज्य संघका प्रतिनिधिले सदरमुकाममा माइकिङ गरेका थिए । माइकिङपछि सदरमुकामका अधिकांश पसलहरु बन्द भएका छन ।

प्रक्राउ परेका अनिता एग्रोभेटका संचालक रामशरण कोइराला, विशाल किराना स्टार्सका अनु श्रेष्ठ र श्रेष्ठ किराना स्टोर्सका ईश्वर श्रेष्ठलाई बिना शर्त छुटाउन बुधबार व्यापारीहरुले दिनभर प्रहरी प्रशासनलाई दबाब दिएका थिए । आरोपितहरुलाई पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालेपछि बजार बन्द गराइएको हो ।

उनीहरु विरुद्ध कालोबजारी ऐन २०३२ अनुसार मुद्धा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । संघले भने व्यापारीहरु माथि झुठा लान्छना लगाईएको भन्दै विज्ञप्ति जारी गरेको छ । कार्यवाहक अध्यक्ष जीवनज्योति श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तिमा प्रक्राउ परेका व्यवसायीहरुलाई विनाशर्त रिहा गर्न माग गरिएको छ ।

अनुगमन टोलीले ती पसलबाट ५० किलोका तीन सय ६४ बोरा मल सिलबन्दी गरेको थियो । जिल्ला कृषि विकास कार्यालयको अनुमतिले कृषि सहकारी संस्थाले मात्रै अनुदानको मल बिक्री वितरण गर्न पाउने प्राबधान छ ।

जिल्लामा २० वटा कृषि सहकारी र तीन बचत तथा ऋण सहकारीले अनुदानको मल खरिद बिक्री गर्न अनुमति लिएका छन । अनुमति पाएका तीनै बचत तथा ऋण सहकारी संस्थाको मिलेमतोमा व्यापारीहरुले मल बिक्री गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । तीन वटै पसलको मल गोदाममा सिलबन्दी गरिएको उनले बताए ।

अनिताले एग्रोभेटले आर्दश सहकारी गोरखा नगरपालिका–५, विशाल किरानाले बुंकोट बाह्रबिसे मिलक कृषि सहकारी र श्रेष्ठ किनाराले बुंकोटको पञ्चकन्या कृषि सहकारी संस्थाले अनुदानमा प्राप्त मल आफ्नो पसलबाट बिक्री गरेका हुन् ।

अनुगमन समितिले मल बिक्री गरेको बिल बरामद गरेको थियो । अनुदान मूल्य भन्दा बढीमा व्यापारीहरुले युरिया र डिएपी मल बिक्री गर्ने गरेका हुन् । तीन वटै पसलबाट फरक/फरक मूल्यमा बिक्री गरिएको बिल समेत भेटिएको शर्माले बताए ।

प्रकाशित : भाद्र ९, २०७३ १७:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×