कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँध निर्माण तत्काललाई रोक्ने दुई पक्षीय सुरक्षा अधिकारीबीच सहमति

विवादित दशगजा क्षेत्र नेपाली र भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा
अवधेशकुमार झा

तिलाठी(सप्तरी) — नेपाल र भारतका स्थानीय सुरक्षा अधिकारीहरुले बाँध निर्माणको विषयलाई लिएर सप्तरीको सीमा क्षेत्रमा उत्पन्न तनाव साम्य पार्न तत्काललाई बाँधको निर्माण रोकने सहमति गरेका छन् ।
सीमापारी कुनौलीमा सीमावारी पारीका सुरक्षा अधिकारीहरुको शुक्रबार बसेको बैठकले उक्त सहमति गरेको सप्तरीका एसपी भीमप्रसाद ढकालले बताए ।

बाँध निर्माण तत्काललाई रोक्ने दुई पक्षीय सुरक्षा अधिकारीबीच सहमति

नेपाल र भारतका स्थानीय सुरक्षा अधिकारीहरुले बाँध निर्माणको विषयलाई लिएर सप्तरीको सीमा क्षेत्रमा उत्पन्न तनाव साम्य पार्न तत्काललाई बाँधको निर्माण रोकने सहमति गरेका छन् ।
सीमापारी कुनौलीमा सीमावारी पारीका सुरक्षा अधिकारीहरुको शुक्रबार बसेको बैठकले उक्त सहमति गरेको सप्तरीका एसपी भीमप्रसाद ढकालले बताए । सिमापारी कुनौलीका भारतीयले दशगजा क्षेत्रमै नदीको बहाव रोक्न तटबन्ध निर्माणलाई तिव्रता दिएपछि सीमावारी तिलाठीका नेपालीहरुले त्यसको तिव्र बिरोध गर्दै आएका छन् । त्यस विषयमा दुई पक्षका स्थानीयबीच झडप समेत भएर कयौं व्यक्ति घाइते समेत भएका छन् । सीमा क्षेत्रको स्थिति तनावपूर्ण भएपछि दुवै देशका स्थानीय स्तरका सुरक्षा अधिकारीले बैठक गरेका हुन् ।

नेपाल भारत सुरक्षा अधिकारीहरुको बैठक ।

नेपालबाट जल उत्पन्न प्रकोक व्यवस्थापन विभाग र भारतका जनसंशाधन विभागका प्रतिनिधीहरु रहेको संयुक्त टोली गठन गर्ने र त्यसले यथासिघ्र विवादित स्थलको अध्ययन गरी निकासको सुझाव सहितको प्रतिवेदन दिने सहमति समेत भएको छ । 'समितिको प्रतिवेदन नआउन्जेलसम्मका लागि बाँध निर्माण रोक्ने कुरा भएको हो,' एसपी ढकालले भने । सहमति भने मौखिक मात्र भएको छ ।
समस्याको दीर्घकालीन समाधानका लागि दुई देशका केन्द्र स्तरका अधिकारीबीच छलफल गर्ने र त्यसले सीमा स्तम्भ सहित दशगजाको दुरी लगायतका विवादित विष समेत टुंग्याउने छलफल भएको ढकालले बताए ।

दुई पक्षीय वार्तामा सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम र भारतबाट सुपौल जिल्लाका डिएम वैजनाथ यादव सहितका अधिकारीहरु सहभागी थिए ।

विवादित दशगजा क्षेत्र नेपाली र भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा

भारतीयले दशगजा मिचेर सप्तरीको तिलाठीमा बाँध निर्माण गरेपछि दुईदिनदेखि तनावपूर्ण बनेको बाँध निर्माणस्थललाई नेपाल र भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । भारत तर्फबाट सीमा सुरक्षा बल एसएसबी र बिहार प्रहरी र नेपाल तर्फवाट सशस्त्र र जनपद प्रहरीले विवादित बाँधस्थल नियन्त्रणमा लिएका हुन् ।

दुबै तर्फका सुरक्षाकर्मीले अहिले विवादितस्थलमा सर्वसाधारणलाई जान दिएका छैनन् । बाँध निर्माण रोकिएको छ । हिजो एकतर्फी रुपमा भारतीय पक्षले दसगजा मिचेर बाँध निर्माण गर्न थालेपछि रोक्न गएका नेपालीमाथी आक्रमण गरिएपछि आक्रोशित नेपालीहरुले भारतीयले बनाएको बाँध भत्काएका थिए ।

त्यसपछि भएको झडपका क्रममा १२ जना घाइते भएका छन् । जसमध्ये ६ जनाको टाउको फुटेको छ । हिजो अबेर राति त्यहावाट भारतीय र नेपालीपक्ष गएपछि स्थिती सामान्य भएपनि आज बिहानैवाट भारतीय पक्षले पुन बाँध निर्माणको कार्यलाई तिब्रता दिएको थियो । भारतले बाँध बनाउन सुरुगरेपछि फेरी नेपालहरु प्रतिकारमा उत्रेका थिए ।

नेपाल र भारतीय नागरिकबीचको विवादका कारण अहिले नेपाल भारत सीमाको कुनौली नाका आज बिहानैवाट ठप्प छ । बिहान आफन्तका घर जान भन्दै सिमावर्ती कुनौली बजार गएका ४ जना नेपालीलाई भारतीयहरुले दुर्व्यहार गरेर फर्काइदिएपछि नेपालीहरुले पनि भारतीयलाई नेपाल आउनमा रोक लगाएको छ ।

नेपाली ग्राहकले चल्ने गरेको भारतीय बजार कुनौलीका पसलहरु सुनसान छन् । दशगजा दुबै तर्फका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर त्यहाँ रहेका नागरिकलाई हटाएपनि सीमा नजिकै दुई तर्फकै नागरिकको ठूलो संख्यामा उपस्थिति छ । भारतीयहरु पनि छरछिमेकका गाउँबाट सीमामा भेला भएका छन् भने नेपाल तर्फ पनि विभिन्न गाउँबाट सर्वसाधारण र जिल्ला स्थित राजनैतिक नेतृत्वहरु सीमा क्षेत्र पुगेका छन् ।

नेपाली र भारतीय अधिकारीबीच वार्ता सुरु
दसगजामा भारतले एकतर्फी रुपमा बाध निर्माण गरेपछि उत्पन्न बिवादको समाधानको लागि नेपाली र भारतीय अधिकारीबीच वार्ता सुरु भएको छ । बिबादितस्थलको निरीक्षणपछि दुई देशका स्थानीय प्रशासनका अधिकारीहरु समस्या समाधानका लागि वार्तामा बसेका हुन् ।

सीमावर्ती कुनौली सितकोसी प्रोजेक्टको भवनमा वार्ता भइरहेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट तिलाठीका सशस्त्र प्रहरी निरीक्षक ज्ञानबहादुर श्रेष्ठले जानकारी दिए ।

वार्तामा नेपाल तर्फवाट सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेब गौतम नेतृत्वको टोली सहभागी छन् भने बिहहारको सुपौल जिल्लाका डीएम बैधनाथ यादबको नेतृत्वको नेतृत्वमा भारतीय भारतीय टोली सामेल छ ।

प्रकाशित : श्रावण १४, २०७३ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?