दाङमा सिण्डिकेट समस्या, यातायात व्यवसायी र प्रहरीबीच झडप- समाचार - कान्तिपुर समाचार

दाङमा सिण्डिकेट समस्या, यातायात व्यवसायी र प्रहरीबीच झडप

तीन जना घाइते, यातायात अबरुद्ध
दुर्गालाल केसी

दाङ — दाङमा सिण्डिकेट विवादका कारण आज यातायात व्यवसायी र प्रहरीबीच झडप भएको छ । झडपमा राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमाल, दाङ यातायात प्रालीका अध्यक्ष पिताम्बर कँडेल र राप्ती समितिका कर्मचारी बिरेन्द्र केसी घाइते भएका छन् ।

हमाल र कँडेलको दाङमै उपचार भइरहेको छ भने केसीलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । झडपमा एक प्रहरी पनि घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

झडपपछि राष्ट्रिय यातायात व्यवसायी महासंघ राप्तीले आज राप्ती अञ्चलभर यातायात अबरुद्ध गरेको छ ।

तुलसीपुरका बिभिन्न चोकमा गाडी तेस्र्याएर यातायात अबरुद्ध गरिएको छ । यातायात अबरुद्ध गर्ने तीन जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी कृष्ण प्रसाईले बताए ।

आज बिहान दाङबाट रुकुम जान थालेको मालिका कालिका यातायात प्रालीको गाडीमा तुलसीपुरमा तोडफोड हुन थालेपछि प्रहरीले भिड नियन्त्रण गर्ने क्रममा झडप भएको डिएसपी प्रसाईले बताए । अहिले समस्या समाधानका लागि राप्ती अञ्चल प्रहरी कार्यालयमा छलफल भइरहेको छ ।

प्रकाशित : वैशाख २५, २०७३ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्

वन महानिर्देशकमा तिमला

कान्तिपुर संवाददाता

काठमाडौं — वन विभागको महानिर्देशकमा सहसचिव गौरीशंकर तिमला नियुक्त भएका छन् ।महानिर्देशक रहेका रेशमबहादुर डाँगी वन मन्त्रालयमा सरुवा भएपछि मन्त्रालयले रिक्त पदमा विभागकै उपमहानिर्देशक तिमलालाई जिम्मेवारी दिएको हो ।

वन विभागको महानिर्देशकमा सहसचिव गौरीशंकर तिमला नियुक्त भएका छन् ।

महानिर्देशक रहेका रेशमबहादुर डाँगी वन मन्त्रालयमा सरुवा भएपछि मन्त्रालयले रिक्त पदमा विभागकै उपमहानिर्देशक तिमलालाई जिम्मेवारी दिएको हो । वनमन्त्री अग्निप्रसाद सापकोटाले डाँगीलाई १४ वैशाखमा महानिर्देशकबाट हटाएका थिए । मन्त्रालय स्रोतका अनुसार देशभर लागेको डढेलो नियन्त्रण गर्न नसकेको भन्दै मनत्री सापकोटा मन्त्रालयकै बैठकमा डाँगीसँग क्रुद्ध भएका थिए । त्यस लगत्तै डाँगी हटाइएका हुन् ।

डाँगी मन्त्रालय हाजिर भए पनि विभागीय जिम्मेवारी पाएका छैनन् । ‘त्यही भएर मन्त्रालय आउने जाने मात्रै काम भइरहेको छ,' उनले भने । मन्त्रालयमा वैदेसिक सहयोग समन्वय महाशाखा रिक्त छ । महाशाखा प्रमुख डा.विश्वनाथ ओली गत महिना सचिवमा बढुवा भएपछि पद रिक्त छ ।

प्रकाशित : वैशाख २५, २०७३ १४:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×