कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

अर्घाखाँची सिमेन्टको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल 

काठमाडौँ — अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक सेयर निष्कासन गर्नका लागि एनएमबी क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

अर्घाखाँची सिमेन्टको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल 

सम्झौतापत्रमा अर्घाखाँची सिमेन्टका तर्फबाट चिफ फाइनान्सिएल अफिसर राजु पौडेल तथा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका हुन् ।

नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकता पूरा गरी यथासम्भव छिटो निष्कासन प्रक्रिया अगाडि बढाइने पौडेलले बताए ।

प्रकाशित : वैशाख ३, २०८१ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?