२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३७

५ करोडको लगानीमा सावरिया मिष्ठान्न भण्डार सञ्चालन

माधव ढुंगाना

भैरहवा — आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गर्दै भैरहवामा एजी कृष्ण फुड प्रोडक्ट प्रालिले ‘सावरिया’ ब्राण्डको शुद्ध शाकाहारी मिष्ठान्न भण्डार सञ्चालनमा ल्याएको छ । सिद्धार्थनगर–७ स्थित आवारोडमा ५ करोड रुपैयाँको लगानीमा मिष्ठान्न भण्डार सञ्चालनमा आएको हो ।

५ करोडको लगानीमा सावरिया मिष्ठान्न भण्डार सञ्चालन

उक्त मिष्ठान्न भण्डारमा ग्राहहको चाहना अनुरुप दक्षिण भारतीय खाजाका साथै चिनियाँ स्वादका खाद्यान्न परिकार उपलब्ध रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । एजी कृष्ण फुड प्रोडक्ट प्रालिका अध्यक्ष अरुण अग्रवालले भारत लगायत विभिन्न मुलुकबाट बुद्ध जन्मस्थल लुम्बिनीमा आउने पर्यटकलाई लक्षित गरेर शुद्ध शाकाहारी मिष्ठान्न भण्डार सञ्चालनमा ल्याइएको बताए ।

उनका अनुसार, भैरहवादेखि वरपरका करिब २ सय किलोमिटर दूरीसम्म सावरिया ब्राण्डका मिठाइ तथा खाद्यान्नका परिकारको होम डेलिभरी व्यवस्था छ । आगामी दिनमा पारिवारिक तथा संघ संस्थाले आयोजना गर्ने भोज तथा उत्सवमा क्याटरिङको सुविधा पनि उपलब्ध छ ।

एकैपटक १ सय ३० जनालाई सेवा प्रदान गर्न सकिने उक्त मिष्ठान्न भण्डारमा ३० प्रकारका मिठाइ उपलब्ध हुने छ । ‘सामाजिक सुरक्षा दायित्व अर्न्तगत मुनाफाको निश्चित प्रतिशत रकम सामाजिक कार्यमा खर्च गरिने छ’ अग्रवालले भने ।

प्रकाशित : भाद्र २१, २०८० १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?