कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

इश्रावती स्टिल्सद्वारा उत्पादन सुरु

माधव ढुंगाना

भैरहवा — करिब ६ करोड रुपैयाँको लगानीमा स्थापना भएको इश्रावती स्टिल्स प्रालिले बुधबारदेखि उत्पादन सुरु गरेको छ । भैरहवा–परासी सडक खण्डमा पर्ने रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरमा रहेको उक्त उद्योगले बुधबारदेखि जस्तापाता, ग्याल्भनाइज टिन, सिट, स्मल रिप प्रोफाइल, कट टु लेन्थको उत्पादन सुरु गरेको हो ।

इश्रावती स्टिल्सद्वारा उत्पादन सुरु

२ महिनापछि विभिन्न साइजका स्टिल पाइपको उत्पादन गरिने उद्योगका प्रबन्ध निर्देशक अमरिश यादवले बताए । उनले आफ्नो उद्योगको सबै उत्पादन जर्मन प्रविधिको रहेको र गुणस्तरीय रहेको दावी गरे । तत्काल उद्योगमा १५ जना कार्यरत रहेको र उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएपछि ५० जनाको रोजगारी पुग्ने उद्योगले जनाएको छ । प्रतिदिन ७२ टन उत्पादन क्षमता उद्योगको छ । उद्योगका अध्यक्ष सुनिल यादवले उद्योगको सबै कच्चा पदार्थ चीनबाट आयात हुने र उद्योग प्रदुषणरहित भएको बताए ।

प्रकाशित : भाद्र २०, २०८० १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?