रिलायन्स लाइफका बीमितले सन्चो हस्पिटलमा छुट पाउने- बजार - कान्तिपुर समाचार

रिलायन्स लाइफका बीमितले सन्चो हस्पिटलमा छुट पाउने

कान्तिपुर संवाददाता

काठमाडौँ — रिलायन्स लाइफ इन्स्योरेन्स र  हेटौंडाको सन्चो हस्पिटल बीच मेडिकल इन्स्योरेन्सको लागि सेवा सम्झौता भएको छ । उक्त सम्झौता पश्चात रिलायन्स लाइफ इन्स्योरेन्सका ग्राहक तथा बीमितहरुले हस्पिटलको प्रयोगशाला, एक्स रे, ईसीजी ईसीएचओ लगायतका सेवाहरूमा विशेष छुट पाउने रिलायन्सले जनाएको छ ।

सम्झौता कार्यक्रममा अन्डरराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया म्यानेजर सुर्य गिरी तथा सन्चो हस्पिटलका तर्फबाट म्यानेजर अशोक कायस्थको उपस्थिति थियो । रिलायन्स इन्स्योरेन्सले आफ्ना ग्राहकहरुको सुविधाका लागि विभिन्न जिल्लामा मेडिकल इन्स्योरेन्स तथा अन्डरराइटिङका लागि स्थानीय स्वास्थ्य संस्थाहरुसँग सम्झौता गर्दै आएको छ । रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १२४ शाखामार्फत सेवा दिँदै आएको छ ।


प्रकाशित : माघ १८, २०७९ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्

कान्तिपुरकर्मी साहसहित ६ जनालाई प्रेस चौतारीको पुरस्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रेस चौतारी नेपालले बाराका कान्तिपुरकर्मी लक्ष्मी साहसहित ६ पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । आफ्नो २५ औं स्थापना दिवसको अवसरमा साहलाई 'वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार' प्रदान गर्ने निर्णय गरेको चौतारीले जनाएको छ ।

त्यसैगरी, चौतारीका पूर्वअध्यक्ष बालकृष्ण चौलागाईलाई 'हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार', 'अग्नी शिखा स्मृति पत्रकारिता पुरस्कार' कृष्ण केसी, 'डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार' याम शर्मा र 'सावित्रीदेवी पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार' लिलाराज भट्टराई र 'चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार' ममता भट्टलाई प्रदान गर्ने निर्णय गरेको चौतारीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चौतारीले यही माघ २२ गते २५ औं स्थापना दिवस मनाउँदैछ ।

प्रकाशित : माघ १८, २०७९ १८:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×