बारागढी गापा अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा संघीय फोरम

कान्तिपुर संवाददाता

कलैया — बारागढी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्षमा जित हात पारेको छ भने उपाध्यक्षमा संघीय समाजवादी फोरमले जितेको छ ।

बारागढी गापा अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा संघीय फोरम

कांग्रेसका देवदत्त बछाडले दुई हजार ६१८ मत प्राप्त गरी विजयी भएका छ भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका अशोक जैसवालले दुई हजार ५५५ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालकी लक्ष्मी रायले दुई हजार हजार ५८० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी चन्द्रवतीदेवी चौधरीले दुई हजार ४५४ मत प्राप्त गरेकी थिइन् ।

छवटा वडा रहेको बारागढीमा कांग्रेसले दुई, संघीय समाजवादीले दुई र नेकपा (एमाले) ले पनि दुईवटा वडामा जित हात पारेको छ ।

प्रकाशित : आश्विन १०, २०७४ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?