कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कटहरिया मेयरमा माओवादी केन्द्रका कुशवाहा विजयी

पवन यादव

रौतहट — रौतहटको कटहरिया नगरपालिकामा मेयर/उपमेयमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन । शहरी विकास मन्त्री प्रभु साहका पूर्व स्वकिय सचिव समेत रहेका सीयारामप्रसाद कुशवाहाले रौतहटका उद्योगपति नेपाली कांग्रेसका उम्मेदवार अजयप्रकास साहलाई ५ सय ५१ मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।

कटहरिया मेयरमा माओवादी केन्द्रका कुशवाहा विजयी

आईतवार सम्पन्न मतगणनाको अन्तिम परिणम अनुसार कुशवाहाले ४ हजार २ सय ३३ मत र साहले ३ हजार ६ सय ८२ मत हासिल गरेका थिए ।

त्यस्तै उपमेयरमा माओवादी केन्द्रकै नुरजाहा खातुनले ५ हजार १ सय १० मत प्राप्त गरी विजयी भएको दलका प्रतिनिधिले जनाएका छन् । उनले आफ्ना नेपाली कांग्रेसकी उम्मेदवार चुनुकुमारी यादवलाई पराजित गरेका हुन् ।

उक्त नगरपालिकाको वडा नं. १, २, ४, ७, ८ मा माओवादी केन्द्रका उम्मेदवार र ३, ५, ६ र ९ नम्बर वडामा नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् ।

अहिलेसम्म रौतहटमा मेयरमा नेपाली कांग्रसले ८, माआवादी केन्द्रले ३, संघीय समाजवादी फोरमले ३, राष्ट्रिय जनता पार्टीले २ र नेपाल लोकतान्त्रिक फोरमले १ तहमा जित हासिल गरेको छ ।

त्यस्तै उपमेयरमा कांग्रेसले ५, माओवादी केन्द्रले ६, संघीय समाजवादी फोरमले २, राष्ट्रिय जनता पार्टीले २, नेपाल लोकतान्त्रिक फोरमले १, नेकपा एमालेले १ तहमा जित हासिल गरेको छ ।

जिल्लाको कुल १८ तह मध्ये १७ स्थानीय तहको अन्तिम नतिजा आईसकेको छ । गरुडा नगरपालिकाको नतिजा आउन बाँकी छ ।

प्रकाशित : आश्विन ८, २०७४ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?