कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नेपालमा पर्यटन अवस्था, चुनौती र सम्भावना पुस्तक सार्वजनिक

काठमाडौँ — नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि आबद्ध अध्येता, अभियन्ता, व्यवसायी, विज्ञहरुद्वारा लेखिएको पुस्तक ‘नेपालमा पर्यटन अवस्था, चुनौती र सम्भावना’ सार्वजनिक भएको छ ।

नेपालमा पर्यटन अवस्था, चुनौती र सम्भावना पुस्तक सार्वजनिक

नेकपा (एमाले) को पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन विभागले प्रकाशन गरेको ८ सय ३८ पृष्ठको पुस्तकको शनिबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले विमोचन गरेका थिए । समारोहमा पूर्वप्रधानमन्त्री ओलीले नेपाल देवभूमि, ज्ञानभूमि, बुद्धजन्म भूमि र तपोभूमिका रूपमा रहेकाले प्रचूर पर्यटकीय सम्भावना रहेको बताए ।

उनले पर्यटनको विकासमार्फत गरिबीको रेखामुनी रहेका २० प्रतिशत जनसंख्याको जीवन परिवर्तन गर्न सकिने बताए । ‘राम जन्मभूमिसमेत चितवनमा पर्छ । बुद्धिजमको विकास यहीं भएको हो । हिन्दु र बुद्ध धर्मको प्रवर्द्धन पनि यहींबाट भएको छ,’ समारोहमा ओलीले भने ।

पुस्तकमा नेपालको पर्यटन प्रवर्द्धनसँग जोडिएका कृषि, यात्रा, साहसिक खेल, हावापानी, स्वास्थ्यलगायत १८ विधाका ६७ वटा विस्तृत लेख समेटिएका छन् । उक्त कृतिका प्रधानसम्पादक पूर्वपर्यटनमन्त्री भीमप्रसाद आचार्य रहेका छन् । उनले पर्यटन क्षेत्रमा रहेका समस्या बुझ्न पुस्तक प्रकाशन भएको भन्दै यस क्षेत्रको अध्ययन गर्न चाहनेहरुका लागि पुस्तक उपयोगी हुने बताए ।

प्रकाशित : जेष्ठ २७, २०८१ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?