१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६०

बस्नेतलाई हिमडमरु उपाधि

काठमाडौँ — साहित्यिक पत्रकार संघले बिहीबार नेपाल प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई हिमडमरु उपाधिले सम्मान गरेको छ । हिमाल तथा पर्यावरण जोगाउन र जलवायु परिवर्तनको असरबारे सचेत गराउन पत्रकारिता क्षेत्रबाट योगदान पुर्‍याएको भन्दै संघले बस्नेतलाई सम्मान गरेको हो ।

बस्नेतलाई हिमडमरु उपाधि

साहित्यकार रोचक घिमिरे, कलाकार मदनदास श्रेष्ठ, सगरमाथा आरोही तेम्बाछिरी शेर्पासहितले अध्यक्ष बस्नेतलाई दोसल्ला, माला र प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।

सम्मानित बस्नेतले हिमाल र पर्यावरण जोगाउन सके मात्रै पृथ्वी जोगिने भएकाले पत्रकारिता त्यसतर्फ पनि केन्द्रित हुनुपर्ने बताएका थिए । सगरमाथा आरोही तेम्बाछिरी शेर्पाले हिमाली क्षेत्रमा बस्नेतको अध्ययन र रुचि रहेको उल्लेख गर्दै आफूले समेत सँगै रहेर काम गरेको अनुभव सुनाएका थिए ।

संघका अध्यक्ष राधेश्याम लेकाली, कलाकार श्रेष्ठ, साहित्यकारहरू घिमिरे, प्रमोद प्रधान, श्रीओम श्रेष्ठ, ठाकुर बेल्वासे, नरेन्द्र श्रेष्ठ, विमल भौकाजी लगायतले साहित्य र पत्रकारिताका क्षेत्रबाट पर्यावरण जोगाउन थप पहल गर्नु जरुरी भएको बताएका थिए ।


प्रकाशित : चैत्र २९, २०८० २२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?