पारिजात सम्मान घोषणा- साहित्य/विविध - कान्तिपुर समाचार

पारिजात सम्मान घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — पारिजात स्मृति केन्द्रले बर्सेनि प्रदान गर्दै आएको पारिजात संघर्षशील नारी सम्मानबाट यो वर्ष सिन्धुलीकी गोमा देवकोटालाई सम्मानित गरिने भएको छ । 

केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठका अनुसार २०७९ को पारिजात सृजना सम्मान लेखक शार्दूल भट्टराई, बाल साहित्य सम्मान गंगा कसजू (पाल्पा) र कला सम्मान संगीतकार गुज्ये मालाकार (कीर्तिपुर) लाई प्रदान गरिने भएको छ । घोषणा भएका सम्मान वैशाख ५ मा साहित्यकार पारिजातको ३०औं स्मृति दिवसका अवसरमा प्रदान गरिने भएको छ ।

मंगलबार स्मृति केन्द्रमा आयोजित समारोहमा साहित्यिक पत्रिका ‘वेदना’ को विमोचन गरिएको थियो । समारोहमा पारिजातकी बहिनी तथा लेखक सुकन्यासाग कवि महेश मास्केले अर्न्तसंवादसमेत गरेका थिए ।

उक्त पत्रिकाको सम्पादन डा. बिन्दु शर्माले गर्दै आएकी छन् ।

प्रकाशित : चैत्र १, २०७९ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्

महानगरले सात महिनामा उठायो ५ अर्ब राजश्व 

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले साउनदेखि पुससम्म ५ अर्ब ११ करोड रुपैयाँ राजश्व उठाएको छ । महानगरले यस वर्ष १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ राजश्व उठाउने लक्ष्य लिए पनि सात महिनामा ४९.०४ प्रतिशत मात्रै राजश्व उठाएको राजश्व विभागले जनाएकाे छ । 

विभागका अनुसार सबैभन्दा बढी बाँडफाँटबाट प्राप्त हुने मनोरञ्जन कर १८१.६५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षभर ५० लाख रुपैयाँ प्राप्त हुने लक्ष्य राखे पनि पहिलो सात महिनामा नै ९० लाख ८२ हजार रुपैयाँ राजश्व उठेकाे हाे । महानगरले घर बहाल कर १ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ संकलन गरेको छ ।

सम्पति, बहाल तथा पट्टा बापतको आयमा लाग्ने कर पनि ८६.३४ प्रतिशत बढेको छ । याे शिर्षकमा १० करोड उठाउने लक्ष्य राखेकाेमा ८ करोड ६३ लाख ४२ हजार उठाइएकाे विभागकाे तथ्यांक छ । सम्पति कर १ अर्ब उठाउने लक्ष्य रहेकोमा ७० करोड ८२ लाख अर्थात ७०. ८६ प्रतिशत उठेको छ ।

महानगरका अनुसार परीक्षा शुल्क, वित्तीय निकायबाट प्राप्त ब्याज, सवारी साधन कर (साना सवारी) र बाडँफाँड भइ प्राप्त हुने अन्त: शुल्क शिर्षकमा प्रगति शून्य छ । विज्ञापन कर, धरौटी सदरस्याहा, बेरुजु, न्यायीक दस्तुर, शिक्षा क्षेत्रको आम्दानी, अन्य बिक्रीबाट प्राप्त रकमलगायत शिर्षकमा न्यून राजश्व उठेकाे हाे ।

प्रकाशित : चैत्र १, २०७९ १४:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×