अधिकारीले ल्याए 'ब्रह्मास्त्र'- साहित्य/विविध - कान्तिपुर समाचार

अधिकारीले ल्याए 'ब्रह्मास्त्र'

कान्तिपुर संवाददाता

काठमाडौँ — साहित्यकार शैलेन्द्र अधिकारीको कथासंग्रह ‘ब्रह्मास्त्र’ सार्वजनिक भएको छ । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा शनिबार लेखक कुमार नगरकोटी, अमर न्यौपाने, सुविन भट्टराईलगायतले पुस्तक सार्वजनिक गरेका हुन् । 

पुस्तक विमोचनअघि र पछि ब्रह्मास्त्र पुस्तकका दुई कथामाथि शिल्पी थियटरका कलाकारले नाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा लेखक अधिकारीसँग पत्रकार दीपक सापकोटाले पुस्तकबारे छलफल गरेका थिए ।

अधिकारीले आधुनिक कथा लेखनका गुरुप्रसाद मैनालीको ट्रेण्डभन्दा आफूले फरक तरिकाले कथा लेखेको बताए । ‘म शिक्षक वा परिवारको कुनै भूमिकामा रहेको ठानेर कथा लेख्दिनँ, लेखिरहँदा म बिलकुल लेखकमात्र भएर लेख्छु,’ उनले भने, ‘केही काल्पनिक, मनोवैज्ञानिक कथा पाठकमाझ प्रस्तुत गर्ने जमर्को गरेको छु ।’

यसअघि साहित्यकार अधिकारीको निर्वेद उपन्यास बजारमा आइसकेको छ भने गजल र समालोचनाका पुस्तक पनि सार्वजनिक भइसकेका छन् । पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।

प्रकाशित : माघ २१, २०७९ २२:५१
प्रतिक्रिया
पठाउनुहोस्

सशस्त्र प्रहरीद्वारा नक्कली नोटसहित दुई जना पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले चार लाख पैंतीस हजार नेपाली नक्कली रुपैयाँसहित शनिबार साँझ दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सिरहा जिल्ला लहान नगरपालिका-८ स्थित पशुपति माध्यमिक विद्यालय नजिकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । नक्कली नोटसहित नियन्त्रणमा लिइएकाहरुमा सिरहा जिल्लास्थित लहान नगरपालिका-१९ स्थायी घर भएका वर्ष ३० का मोहम्मद ओसिन र सोही नपा-१० स्थायी घर भएका वर्ष २२ का मोहम्मद राज शेख रहेका छन् । उनीहरुको साथबाट चार सय पैंतीस थान एक हजार दरका नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बण्डल, दुई थान मोबाइल सेट, ७ थान सिमकार्ड तथा एक हजार ५५ रुपैयाँसमेत बरामद भएको छ ।

उनीहरुलाई बरामद सामानसहित कारबाहीको लागि ईलाका प्रहरी कार्यालय लहानमा बुझाइएको छ ।

प्रकाशित : माघ २१, २०७९ २२:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×