कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनाङमा हालसम्म जम्मा दुई मुद्दा 

मनाङ — मुलुकका विभिन्न जिल्लामा मुद्दै मुद्दाको चाप देखिए पनि जिल्ला अदालत मनाङमा भने अत्यन्त कम मुद्दा दर्ता हुने गरेको छ । सानातिना घटनादेखि जतिसुकै ठूला घटना घटे पनि अदालतमा मुद्दा दर्ता गर्न र उजुरीसम्म गरिँदैन यहाँ ।

मनाङमा हालसम्म जम्मा दुई मुद्दा 



सानातिना घटनादेखि ठूलाठूला घटनालाई पनि गाउँमै मिलाउने परम्पराले पनि अदालतमा मुद्दा दर्तामा कमी आएको हो ।


जिल्ला अदालत मनाङमा हालसम्म जम्मा दुई वटा मुद्दा मात्र परेको छ, मनाङका जिल्ला न्यायाधीश दीपक ढकालले भने, ‘ज्यान मुद्दा र सवारी दुर्घटनाबाहेक अरु मुद्दा दर्ता भएको छैन् ।’


विगत १० वर्षअघि नारफुमा यर्सा संकलनका क्रममा १२ जना गोर्खालीको हत्याको एउटा मुद्दा र हालसालै जिप दुर्घटनामा चालकको लापर्बाहीका कारण एकजनाको मृत्यु भएकाले चालकप्रति मुद्दा दर्ता भएको छ ।


मनाङ सानो र थोरै जनासंख्या भएको जिल्ला भएकाले पनि यहाँ घटेका घटनालाई गाउँघरमा नै मिलाउन सहज भएको हुनुपर्छ ।

प्रकाशित : पुस १२, २०७४ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?