मेक्सिकोमा गरियो ‘मुर्कट्टा परेड’ (तस्बिरहरु)

राेयटर्स

मेक्सिको — दक्षिण अमेरिकी देश मेक्सिकोमा भएको ‘मुर्कट्टा परेड’मा सयौं मानिसको सहभागिता थियो । सयपत्री फुलले घेरिएर गरिएको परेड मृतकहरुको सम्मानमा गरिएको थियो । सयपत्री फुलले मृतकको आत्मालाई शान्ति प्रदान गर्ने विश्वास गरिन्छ ।

सो मुर्कट्टा परेडका केही तस्बिरहरु :







 

प्रकाशित : कार्तिक ८, २०७४ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्

उत्तर कोरियाले भन्यो– ग्वाममा मिसाइल आक्रमण गर्ने बारे विचार गरिँदै छ

राेयटर्स

उत्तर कोरियाले प्रशान्त महासागरमा रहेको अमेरिकी भूभाग ग्वाममा मिसाईल आक्रमण गर्ने योजनामा विचार भइरहेको दाबी गरेको छ । उत्तर कोरियाका अधिकारीहरुले त्यहाँको समाचार संस्थालाई औपचारिक धारणा दिँदै सो विषयमा गम्भिरताका साथ छलफल भइरहेको बताएका थिए ।



मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाबाट अमेरिकालाई कुनै खतरा महसुस भए त्यसको भयानक जवाफ दिइने बताएका थिए ।

यसैबीच अमेरिकी विदेशमन्त्री रेक्स टिलेर्सन ग्वाम पुगेका थिए । ग्वाममा अवतरण गरेर उनले त्यहाँ उत्तर कोरियाबाट कुनै खतरा नरहेको सन्देश दिन खोजेको बताइएको छ । ग्वाममा अमेरिका सैन्य बेस र वायू सेनाका अत्याधुनिक विमानहरु रहेका छन् ।

उता चीनले भने अमेरिका र उत्तर कोरियालाई शान्त रहन आग्रह गरेको छ ।

 

प्रकाशित : श्रावण २५, २०७४ १८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्