३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

नरिवल

नरिवल अति उपयोगी फल हो। यसको फल, पानी र तेल सबै उपयोगी मानिन्छ। आयुर्वेदलाई यसलाई ढिलो गरी पाचन हुने, मूत्राशय शोधक, ग्राही, पुष्टिकारक, बलवर्धक, रक्तविकार नाशक, दाह शामक र वातपित्त नाशक हो।

नरिवल

नरिवलको पानी तिर्खा मेटाउने, पाचन बढाउने, वीर्यवर्धक तथा मूत्र संस्थानको लागि धेरै उपयोगी मानिन्छ।

नरिवल पानीलाई दूधजस्तै एउटा पूर्ण आहारसमेत भनिन्छ। नरिवलमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ सँगै प्रोटिन, क्याल्सियम र फलाम पाइन्छ। यी सबै तत्त्व शरीरका लागि अति उपयोगी हुन्छन्।

नरिवल ‘क्रोहन्स डिजिज’ को उपचारका लागि अत्यन्त लाभकारी औषधि हो। यो रोगमा रोगीको आन्द्रामा जलन, पखाला, दिसामा रगत आउने, तौल कम हुने जस्ता लक्षण देखिन्छन्। वैज्ञानिकहरूका अनुसार क्रोहेन्स रोगको उपचारमा प्रयोग गरिने ‘कार्टिकोस्टेराइडस’ को समकक्ष नरिवलमा ‘फाइटोस्टेराल्स’ नाम गरेको समूह तत्त्व हुन्छ, जो यो रोगसँग भिड्छ।

नरिवलले मोटोपनासँग समेत बचाउँछ। वैज्ञानिकहरूका अनुसार एउटा स्वस्थ वयस्कको भोजनमा दिनहँु १५ मिलिग्राम जिंक हुनु आवश्यक छ, ताकि मोटोपना हुनबाट बाँच्न सकियोस्। ताजा नरिवलमा जिंक प्रशस्त मात्रामा हुन्छ।

नरिवलको तेल क्यान्सर, मधुमेह र एड्स जस्ता घातक रोगका लागि मात्र नभई मुटुरोगीहरूका लागि समेत धेरै फाइदाजनक रहेको दाबी थाइल्यान्डका प्रा. नारोग चोगचालोवले गरेका छन्। भारतस्थित केन्द्रीय औषधि एवं सुगन्धित बोटबिरुवा संस्थान (सिम्याप) द्वारा यसै साता आयोजित गोष्ठीमा उनले नरिवल तेलको प्रयोग करिब ४ हजार वर्षदेखि विभिन्न रोगमा हुँदै आएको समेत जनाएका थिए।

नरिवल तेलले कपाल राम्रो बनाउनुका साथै छालामा समेत रौनक ल्याउने परम्परागत मान्यता छ। दक्षिण भारतका महिलाहरूको धेरै लामो कालो चम्किलो कपाल र दागरहित अनुहारको रहस्य हो— उनीहरूले भोजन र रंगरूप बढाउन नरिवल तेलको नियमित उपयोग गर्नु हो। नुहाउनु अघि नरिवल तेलले शरीर मालिस गर्नु लाभदायक मानिन्छ।

प्रकाशित : श्रावण ७, २०७४ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?