निरन्तर हवाईयात्राले रोगको जोखिम - स्वास्थ्य - कान्तिपुर समाचार

निरन्तर हवाईयात्राले रोगको जोखिम 

कान्तिपुर संवाददाता

काठमाडौँ — सधैँ हवाईयात्रामा हुँदा दीर्घ रोग सक्न सक्छ । एउटा अध्ययनमा दाबी गरिए अनुसार, निरन्तर हवाईयात्रा जेट ल्यागको कारक बन्न सक्छ र हुँदाहुँदा यसबाट क्यान्सरको खतरा पनि बढ्न सक्छ ।

यो अध्ययन ‘पीएलओएस बायोलजी’ मा प्रकाशित छ । अध्ययन अनुसार, निरन्तर हवाईयात्राले शरीरभित्रको आन्तरिक घडी (बडी क्लक) लाई प्रभावित पार्छ र फलस्वरूप टयुमर हुने आशंका बढ्छ ।

शरीरको बडी क्लकका कारण शरीरमा क्यान्सर रोक्ने कोषिकाको तीव्र गतिले निर्माण हुने प्रक्रियामा असर पर्छ । शरीरभित्रको घडीले बाहिरी प्रकाश र अँध्यारोसँग तालमेल मिलाउँदै हिँड्छ । यो घडीले व्यवहार र हाम्रा अनेक गतिविधिलाई प्रेरित गर्छ ।

प्रकाशित : पुस २९, २०७४ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्

धूमपानले गर्दा आन्द्रा सुन्निने समस्या 

कान्तिपुर संवाददाता

काठमाडौँ — धूमपानले एकरत्ती फाइदा गर्दैन भन्ने सर्वविदितै छ । यो फोक्सोको क्यान्सरको प्रमुख कारक त हुँदै हो, त्यसअघि यो अम्मलले आन्द्रालाई पनि क्षति पुर्‍याउँछ । हालै गरिएको एउटा अध्ययन अनुसार, धूमपानका कारण आन्द्रामा क्षति पुग्न सक्छ र त्यसै कारण कोलाइटिसको खतरा बढ्ने आशंका हुन्छ । 

यो अध्ययन ‘फ्रन्टियर इन इम्युनोलजी’ जर्नलमा प्रकाशित छ । उक्त अध्ययन अन्तर्गत, अनुसन्धानकर्ताहरूले चुरोटको धूवाँको सम्पर्कमा आउने मुसामा यो प्रभावका लागि जिम्मेवार खास रक्तकोषिका र प्रोटिनको पत्तो लगाएका छन् ।
यो अध्ययनले वैज्ञानिकहरूलाई आन्द्रा सुन्निँदा हुने रोगहरूको उपचारमा सघाउ पुग्ने अनुमान छ । यसका माध्यमले कोलाइटिस बढ्ने खतराबारे आममानिसलाई जागरुक गर्न सकिन्छ ।

प्रकाशित : पुस २९, २०७४ ०७:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×