कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अख्तियारका आयुक्त चन्दको 'मैना चरी'

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले लेखेको 'मैना चरी' बोलको गीत सार्वजनिक भएको छ । बिहीबार एक कार्यक्रमबीच 'मैना चरी' बोलको गीत सार्वजनिक गरिएको हो । 

अख्तियारका आयुक्त चन्दको 'मैना चरी'

चन्दका शब्द रहेको गीतमा मेलिना राईको स्वर छ । बसन्त सापकोटाले संगीत भरेका छन् । महाराज थापाको एरेन्ज रहेको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्कीले अभिनय गरेकी छन् । भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् भने निर्देशन सरोज ओलीले गरेका छन् ।

गीतकार तथा आयुक्त चन्दले उक्त गीत राष्ट्रिय भावको भएको बताए । 'यो राष्ट्रिय भावको गीत हो,' उनले भने, 'स्कुल, कलेज, विवाह, व्रतबन्धतिर सबै क्षेत्र र वर्गका लागि मनोरन्जन तथा आमदर्शक, स्रोतामा राष्ट्रिय भाव जागृत गराउँछ भन्ने मेरो अपेक्षा छ ।'

सुदूरपश्चिममा हुर्किएकाले सानैदेखि देउडा गुनगुनाउने गरेकाले पनि गीत लेखनमा आफूलाई रुची भएको उनको भनाइ थियो । आयुक्त चन्द नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी)समेत हुन् । उनले ट्राफिकसम्बन्धी जनचेतना जगाउने 'सेतो टोपी' बोलको गीत पनि लेखेका थिए ।

गीत संगीतका माध्यमबाट समाजमा सकारात्मक सन्देश प्रवाह गर्न आफू सक्रिय रहने चन्दको भनाइ थियो ।

प्रकाशित : जेष्ठ १८, २०८० १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?