स्मिताको नयाँ गीत 'आँखामा गाजल'


काठमाडौँ — स्मिता दाहालको नयाँ गीत 'आँखामा गाजल' सार्वजनिक भएको छ । 'हो हो नि माया हो' सार्वजनिक गरेको एक वर्षपछि प्रधानमन्त्री पुष्पकमल दहालकी नातिनीसमेत रहेकी दाहालले यो गीत बजारमा ल्याएकी हुन् ।


राजनराज सिवाकोटीको शब्द र संगीत रहेको 'आँखामा गाजल'मा देवेश राईको एरेन्ज छ । गीतको भिडियोमा स्मिता आफैं देखिएकी छन् । रोमान्टिक शैलीको यो गीतको भिडियोमा उनीसँगै कुन्सांग बम्जनको अभिनय रहेको छ ।
सुदीप बरालले खिचेको गीतको भिडियोलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । गीतमा गम्भीर विष्टको कोरियोग्राफी छ ।
सरोज ओलीले निर्देशित यो गीतले अन्यले झैं सफलता बटुल्नेमा स्मिता आशावादी छिन् । उनले यसअघि 'मायालु तिमी कता छौ', 'पानी कुवाको', 'मालिंगो' लगायतका गीतबाट चर्चा बटुलेकी थिइन् ।
प्रकाशित : जेष्ठ १४, २०८० १२:२७