कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रिमेकमा ‘झरनाको चिसो पानी’

सुरेश अधिकारीले आफ्नै रचना तथा गायनमा १९ वर्षअघि ल्याएको गीत ‘झरनाको चिसो पानी’ लाई यतिबेला रिमेक भर्सनमा बजारमा ल्याइएको छ । रिमेक गीतलाई भने गायक राजु लामा र मेलिना राईले गाएका हुन् ।

रिमेकमा ‘झरनाको चिसो पानी’

सगरमाथा डिजिटलले उक्त गीतलाई रिमेक गरेको हो । गीतमा संगीत संयोजन योगेश काजी शाहले गरेका छन् भने मिक्सिङ, रेकर्डिङ र मास्टरिङ पवन विश्वकर्माले गरेका हुन् । अधिकारीले गाएको गीतमा नीरजकुमार सुनारको संगीत रहेको थियो भने कम्पनीले अहिले म्युजिक एरेन्ज मात्रै बदलेर रिमेक गरिएको जनाएको छ । ‘सबै गीतको रिमेक हुने भाग्य हुँदैन, यो उत्कृष्ट गीत भएकाले रिमेक गरिएको हो,’ कम्पनीका अध्यक्ष हिरा केसीले बताए । गीत रिमेक गर्न रचनाकार, संगीतकार तथा गायक सबै पक्षसँग अनुमति लिएको उनले बताए । केही दिनअघि मात्र सार्वजनिक भएको यस गीतको अडियो अहिले युट्युबको नेपाल ट्रेन्डिङमा छ ।

कुलेखानी आसपासका मनोरम दृश्यहरूलाई लिएर यसको म्युजिक भिडियो बनाइएको छ । मौसम हिमाली निर्देशित यस भिडियोलाई अनिल के मानन्धरले निर्माण गरेका हुन् । भिडियोमा अभिनेता पुष्प खड्का र ललिना चिमरियाले मोडलिङ गरेका छन् ।

प्रकाशित : चैत्र १३, २०७९ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?