कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

आठ महिनामा संघ सरकारबाट सडक निर्माण २८ किमि मात्रै

काठमाडौँ — संघ सरकारले आठ महिनामा २८ किलोमिटर मात्र सडक निर्माण गरेको छ । आइतवार सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार गत फागुनसम्म सरकारले १८ हजार २ सय ४१ किमि सडक कालोपत्रे गरेको देखाएको हो ।

आठ महिनामा संघ सरकारबाट सडक निर्माण २८ किमि मात्रै

त्यस्तै, ७ हजार ६ सय ९७ किमि ग्राभेल र ८ हजार ३ सय २९ किमि कच्ची सडक निर्माण भएको छ । समग्रमा ३४ हजार २ सय ६७ किमि सडक निर्माण भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

जबकी गत असारसम्म ३४ हजार २ सय ३९ किमि सडक निर्माण भएको थियो । फागुनसम्म कुल सडक मध्ये ५३.२ प्रतिशत कालोपत्रे, २२.५ प्रतिशत ग्राभेल र २४.३ प्रतिशत कच्ची सडक निर्माण गरिएको छ ।

प्रकाशित : जेष्ठ १३, २०८१ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?