कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९३

एकसाथ खुले चीनसँग जोडिएका १४ व्यापारिक नाका

संखुवासभा — चीनसँग सीमाना जोडिएका १४ वटा व्यापारिक नाका शनिवारदेखि खुलेका छन् । शनिवार एक कार्यक्रमका बीच संखुवासभाको किमाथांकासहित १४ वटा व्यापारिक नाका खुलेको घोषणा गरिएको हो । कोरोनाका कारण २०७६ माघ ५ देखि बन्द रहेका नाका पाँच वर्षपछि एकैसाथ खुलेका हुन् ।

एकसाथ खुले चीनसँग जोडिएका १४ व्यापारिक नाका

नाका खुलेसँगै परराष्टमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीले संखुवासभाको किमाथांका हुँदै चीनको तिब्बत स्वायत्त क्षेत्रसम्म पुगेर अवलोकन गरेका छन् ।

त्यहाँका उपाध्यक्ष सिलाङ निमा र परराष्टमन्त्री श्रेष्ठले एक समारोहकाबीच शनिबार १४ वटै व्यापार नाका पुनःसञ्चालन भएको घोषणा गरेका हुन् । परराष्ट्रमन्त्री श्रेष्ठले १४ वटै नाका खुल्ने घोषणा शनिवार एकै साथ भएको बताए ।

तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसंग बोल्दै मन्त्री श्रेष्ठले कोभिड महामारीका कारण देखाउँदै चीन सरकारले बन्द गरेका ती नाका नेपाल र चीनका उच्च राजनीतिक नेतृत्वबीचको वार्ता, संवाद र सहमतिबाट करिब चार वर्षपछि पुनः सञ्चालनमा ल्याएको बताए ।

सीमा क्षेत्रका जनताको अन्तरक्रिया, व्यापार र सास्कृतिक क्षेत्रमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले शनिबारदेखि दार्चुला, डोल्पा, मुस्ताङ, गोरखा, दोलखा, ताप्लेजुङ र संखुवासभाको किमाथांकाका सीमा जोडिएका नाका खुलेको बताए । चिनियाँ पक्षले अन्य सातवटा नाका निश्चित समयभित्र खुलाउादै जाने उनले बताए ।


'परम्परागत नाका पुनः सञ्चालनका लागि दुई मुलुकबीच लामो समयदेखि कूटनीतिक माध्यमबाट निरन्तर छलफल हुँदै आएको थियो', उनले भने, 'गत चैतमा गरेको चीनको औपचारिक भ्रमणका अवसरमा सीमा क्षेत्रमा रहेका सम्पूर्ण परम्परागत व्यापार नाका क्रमशः खुलाउने समझदारी भएको थियो ।'

किमाथांकासहित नेपाल–चीन सीमामा रहेका १४ वटै व्यापार नाका पुनः सञ्चालनको उद्घाटन समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री श्रेष्ठको नेतृत्वमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, गृह र परराष्ट्र मन्त्रालयका सहसचिव, भोटखोला गाउापालिकाका अध्यक्ष वाङछेदर भोटे, प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत सहभागी थिए ।


नाका खुलेपछि गाउँपालिका अध्यक्ष भोटेले भोटखोलाबासीका दु:खका दिन सक्किएको प्रतिक्रिया दिए । '५ वर्षअघि नाका बन्द भएपछि सदरमुकाम खाँदबारीबाट खाद्यान्न लगायतका दैनिक उपभोग्य सामाग्री महंगोमा ढुवानी गरेर ल्याउन पर्थ्यो,' उनले भने, 'अब सस्तोमा डेन्दाङ र चाागा बजारबाट नुनतेल ल्याउन सजिलो भयो ।'

नाका खोल्न धेरैपटक प्रयास भएपनि नसकिएको उनले बताए । नाका खुलेपछि भोटखोलाका किमाथांका, च्याम्ताङ, चेपुवा, हटिया लगायतका स्थानीयलाई राहत मिलेको छ । सदरमुकामबाट सडक यातायात नजोडिएकाले खच्चडबाट उपभोग्य बस्तु ढुवानी गर्दा ढाड सेकिएको थियो । खाादबारी किमाथांका सडक निर्माणाधिन अवस्थामा छ । खाादबारी किमाथांकाको दुरी १ सय ६२ किलोमिटर पर्छ ।


उत्तरी क्षेत्रमा रहेका व्यापार नाका खुलेसंगै सीमा क्षेत्रमा राज्यका उपस्थिति हुने उनले बताए । 'भन्सार राजस्वमा वृद्धि हुन्छ,' उनले भने, 'स्थानीय उत्पादनको बिक्री तथा रोजगार सिर्जना सहज हुनेछ । हिमाली क्षेत्रमा उत्पादन हुने परम्परागत हस्तकलाका सामग्रीले चिनियाँ बजारमा सहजै प्रवेश पाउनेछ।'

प्रकाशित : जेष्ठ १२, २०८१ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?