कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

छिचोलियो 'फास्ट ट्र्याक'को लेनडाँडा सुरुङ

विमल खतिवडा

काठमाडौँ — तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत लेनडाँडा सुरुङ शुक्रबार छिचोलिएको छ । काठमाडौंबाट निजगढतर्फ जाने १ हजार ४३० मिटर लामो सुरुङ छिचोलिएको हो ।

छिचोलियो 'फास्ट ट्र्याक'को लेनडाँडा सुरुङ

त्यस्तै असारभित्र लेनडाँडा र धेद्रे सुरुङ छिचोल्ने तयारी रहेको सैनिक प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले बताए । उनका अनुसार धेद्रे सुरुङ १ हजार ६३० मिटरमध्ये १ हजार ५०६ मिटर खनी सकिएको छ । अब १ सय २४ मिटर मात्र खन्न बाँकी छ ।

त्यस्तै महादेवटार सुरुङको ३ हजार ३५५ मिटर मध्ये २ हजार १५८ मिटर खनीसकिएको छ । सबैभन्दा लामो रहेको यो सुरुङ अब १ हजार १९७ मिटर मात्र खन्न बाँकी छ । २ हजार २५० मिटरको चन्द्राम भिर, १ हजार मिटरको देविचौर र ३ सय ९० मिटर दूरीको सिसौटार सुरुङ डिजाइनको क्रममा रहेको सैनिक प्रवक्ता केसीले बताए । यसको निर्माण व्यवस्थापनको जिम्मा मन्त्रिपरिषद् निर्णयले ०७४ वैशाख २१ मा सेनालाई दिएको हो ।

जसअनुसार ०८१ मंसिर भित्र निर्माणको काम सक्किनुपर्ने थियो । तर उक्त अवधीमा निर्माण नसकिने भएपछि ०८३ चैतसम्म म्याद थप गरिएको छ । ७०.९७७ किमिमध्ये ६४.४७७ किलोमिटरमा ठेक्का व्यवस्थापन भएको छ । खोकना खण्डको जग्गा विवाद भने अझै टुंगिएको छैन । जसले गर्दा यो खण्डको ६.५ किमी क्षेत्रमा ठेक्का व्यवस्थापनको काम हुन सकेको छैन । यो खण्डलाई अन्तिम ११ नम्बर प्याकेजमा राखिएको छ । अहिलेसम्म समग्र आयोजनाको भौतिक प्रगति ३३.९९ प्रतिशत छ ।

प्रकाशित : जेष्ठ ४, २०८१ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?