कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

बैशाख पहिलाे साताबाट लुम्बिनीमा ई-ड्राईभ नेपालद्वारा सेवा 

भैरहवा — ई-ड्राइभ लुम्बिनी र ई-ड्राइभ नेपालकाे सहकार्यमा बैशाख पहिलाे साताबाट लुम्बिनी प्रदेशमा पहिलोपटक राइड शेयरिङ एप 'ई-ड्राइभ नेपाल' सञ्चालन हुने भएकाे छ ।  ई-ड्राइभ लुम्बिनी नेपालले सर्वसाधारणलाई ओहोर दाेहाेर सहज तुल्याउन अनलाइन माध्यमबाट टयाक्सी र माेटरसाइकलबाट राइडिङ सुविधा प्रदान गर्ने भएकाे छ ।

बैशाख पहिलाे साताबाट लुम्बिनीमा ई-ड्राईभ नेपालद्वारा सेवा 

बिहीबार तिलाेत्तमामा पत्रकार सम्मेलन गरेर ई-ड्राइभले बैशाख पहिलाे साताबाट लुम्बिनी प्रदेशमा सेवा बिस्तार गर्न लागेकाे जानकारी दियो ।

ई-ड्राईभ लुम्बिनी प्रालिका अध्यक्ष राजकुमार गुप्ताले नेपालमै तयार भएको एप र मुख्य गरी बिजुली गाडीलाई प्राथमिकता राखेर बैशाखको पहिलो साताबाट सेवा सुरु गर्न लागिएको गुप्ताले बताए । आफ्नाे कम्पनीले नेपाल सरकारबाट निर्धारण गरिएको भाडा दर नै कायम गरिने उनले बताए। स्थानीय युवालाई आफ्नै ठाउमा रोजगारको अवसर दिने गरि सेवा सुरु गरिएको उनले बताए। मेक ईन नेपालको मुलभुत मुद्दालाई जोड दिएर ड्राईभर र पेसेन्जरलाई चलाउन सरल रहेकोले नै यो एपलाई लुम्बिनी प्रदेशमा ल्याइएको उनले बताए।

कार्यक्रममा ई-ड्राईभ नेपाल प्रालिका अध्यक्ष राजेश मास्केले ईलेक्ट्रिक साधनमा जोड दिने गरि सेवा चलाएको बताए। नेपालमा दर्ता भएर आफुहरु चलेको हुदा पनि प्रक्रिया पुरा गरेर संचालन भएको हुदा वैधानिक रुपमा रहेको बताए। अनलाईभ ड्राईभ सुरक्षित हुने उनले तर्क दिदै यो सेवामा जोड दिन आग्रह गरे।

हाललाई दर्ता शुल्क नराखिएको भन्दै केही समयपछि भने न्यून शुल्क राखिने बताए। पहिचान मिल्ने गरि सवारीमा स्टिकर, ज्याकेट समेत उपलब्ध गराइएको उनले बताए। अनलाईन सवारीमा दुर्घटनामा घाईते भए ७० हजार रुपैयाँ र मृत्यु भएको खण्डमा ७ लाख रुपैया बराबरको तेस्रो पार्टीबाहेकको ईन्सुरेन्सको ब्यवस्था रहने उनले बताए। निकट भविष्यमा कोशी र गण्डकीमा समेत सेवा बिस्तार गर्ने लक्ष्य रहेको उनले बताए।

प्रकाशित : चैत्र २९, २०८० १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?