कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

९ वर्षपछि खासाबाट सामान लिएर फर्किंदै नेपाली कन्टेनर

अनिश तिवारी

सिन्धुपाल्चोक — भोटेकाशी गाउँपालिका वडा नम्बर २ बाट चीन जोड्ने उत्तरी तातोपानी नाका हुँदै नौ वर्षपछि पहिलो पटक नेपाली कन्टेनर खासाबाट सामान लिएर फर्किएका छन् ।

९ वर्षपछि खासाबाट सामान लिएर फर्किंदै नेपाली कन्टेनर

चिनियाँ नाका झाङ्मु अर्थात् तातोपानीबाट शनिबार खासा पुगेका तीन कन्टेनर आइतबार ३० टन स्याउ लिएर लिपिङ क्षेत्र भित्रिने चरणमा पुगेका हुन् । भोटेकोशी चेम्बर अफ कमर्सका अध्यक्ष फुनु शेर्पाका अनुसार २०७२ सालको भूकम्पपछि नाका ठप्प भएयता नेपाली कन्टेनर खासा, सिगात्से र रमितेक्षेत्र जान पाएका थिएनन् ।

यसअघि सर्वसाधारण र निर्यातका लागि नाका खोलिएपनि लिपिङपारि चिनियाँ बजार मोडको भूभागसम्म मात्रै खाली टेलर कन्टेनर जान दिइएको थियो । स्थानीय मितेरी पुलपारिका एक दर्जन चिनियाँ बजारसम्म मात्रै जान पाएका थिए । ‘नौ वर्षपछि पहिलो पटक रिवाङ्ग लजिस्टिक कम्पनीका तीन कन्टेनर खासा पुगेका छन् , ३० टन स्याउ लिएर आज लिपिङ फर्किंदैछन्, भित्रिएलगत्तै भन्सारको प्रक्रियामा जानेछन्, यो हामी सबैको लागि सुखद सन्देश बनेको छ,नाका फराकिलो बन्दैछ,’ शेर्पार्ले भने ।

काठमाडौंबाट चीनको मुख्य व्यापारिक क्षेत्र खासा १२४ किलोमिटर र रसुवागढी १६४ किलोमिटरको दूरीमा पर्छ । केरुङभन्दा तातोपानीबाट सिगात्से ३० किलोमिटर कम दूरी पर्छ । चीनबाट जुनसुकै बजारका या कम्पनीबाट झिकाएका सामग्री खासाबाट तातोपानी आइपुग्न केही दिन मात्रै लाग्ने उनको भनाइ छ । खासामा अन्य सामग्री भए नेपाली कन्टेनर जान दिइने चिनिाया नीति देखिन्छ । यद्यपि हाल खासा बजार पुनर्निर्माण भइरहेकाले निश्चित कन्टेनर मात्रै आउजाउ गर्न दिइएको छ ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले आयात र निर्यातलाई चीनले फराकिलो बनाएसँगै नाकामा केही सुधार आइरहेको बताए । तातोपानीबाट आहिलेसम्म ८ वटा कन्टेनरबाट झन्डै एक करोड बराबरको मुडा,फ्रेमजस्ता सामग्री चीनको ल्हासा र अन्य बजारमा पुगेका छन् । ‘कन्टेनर पारि पुगिरहँदा निर्यात थपिँदैछ, भने आयात बढ्दो छ, दैनिक १२ कन्टेनरबाट फलफूल र लत्ताकपडासहित अन्य सामग्री आएका छन्,’केसीले भने ।

प्रकाशित : चैत्र २५, २०८० ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?