कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मुआब्जा विवाद मिलेपछि अरूण तेस्रो आयोजनाको काम ६७ दिनपछि सुरू

दिपेन्द्र शाक्य

संखुवासभा — मुआब्जा विवाद मिलेपछि ६७ दिनदेखि ठप्प रहेको ९ सय मेगावाटको अरूण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्‌गृहस्थलको काम बिहीबारबाट सुरू भएको छ ।

मुआब्जा विवाद मिलेपछि अरूण तेस्रो आयोजनाको काम ६७ दिनपछि सुरू

सरकारले मुआब्जा पीडितका लागि आवश्यक पर्ने ५३ करोड रुपैयाँ जिल्ला प्रशासन कार्यालय संखुवासभाको खातामा पठाएपछि स्थानीयले आन्दोलन फिर्ता लिएका हुन् ।

प्रधानमन्त्री कार्यालयमा मुआब्जाको कागजपत्र अड्किएपछि स्थानीयले भदौ १६ देखि अरुण प्रवेशमार्गको काम ठप्प पारेका थिए ।

छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको २४ किलोमिटर क्षेत्रको मुआब्जा विवाद थियो । अब प्रवेश मार्गमा रहेका ४ सय स्थानीयले ५ सय ५४ रोपनी जग्गाको मुआब्जा पाउने छन् ।

जिल्ला प्रशासन कार्यालय संखुवासभामा गठित छुट मुआब्जा निर्धारण समितिले गत वैशाख २६ गते छयाङकुटी–दिदिङ सडकखण्डको प्रति रोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो । संखुवासभामा निर्माणाधीन अरुण तेस्रो विद्युत् आयोजना निर्माण भारतीय कम्पनी सतलजले गरिरहेको छ ।

प्रकाशित : कार्तिक २३, २०८० १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?