कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

माथिल्लो अरुणमा विश्व बैंकबाट करिब ८० करोड ऋण लिने सरकारको निर्णय 

काठमाडौँ — माथिल्लो अरुण जलविद्युत् परियोजनाको पूर्वतयारीका लागि सरकारले विश्व बैंकबाट करिब ८० करोड रुपैयाँ ऋण लिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट प्राप्त हुने ६० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको औपचारिक आइतबार जानकारी गराइएको हो ।

माथिल्लो अरुणमा विश्व बैंकबाट करिब ८० करोड ऋण लिने सरकारको निर्णय 

सरकारले रूपान्तरणकारी आयोजनाका रूपमा राखेको १०६१ मेगावाट क्षमताको माथिल्लो अरुणमा विश्व बैंकले कुल ५० करोड डलर प्रतिबद्धता जनाएको छ । बाँकी ५० करोड डलर अन्य दातृ निकायबाट ऋण जुटाइदिन अग्रसरता लिने भएको छ । बाँकी लगानी जुटाउन अन्य दातृ निकाय ओपेक, एसियाली विकास बैंक, युरोपेली लगानी बैंक लगायतसमक्ष विश्व बैंकले नै अग्रसरता लिने भएको हो ।

३० प्रतिशत स्वपुाजी र ७० प्रतिशत ऋण रहने आयोजनाका लागि करिब १ अर्ब डलर विदेशी निकाय र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को नेतृत्वमा स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट सहवित्तीयकरणमार्फत लगानी हुनेछ ।

प्रकाशित : भाद्र ३१, २०८० १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?