कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

अन्तिम २५ मिनेटमा सम्हालियो सेयर बजार

काठमाडौँ — सोमबार सेयर बजार अन्तिम २५ मिनेटमा सम्हालिएको छ । कारोबारको अन्तिम समयमा मूल्य झरेको मौकामा खरिद गर्नेहरु बढ्दा परिसूचक अन्ततः अघिल्लो दिनको तुलनामा ७ अंक बढ्यो ।

अन्तिम २५ मिनेटमा सम्हालियो सेयर बजार

सो अंकको वृद्धिपछि नेप्से १९६७ अंकमा कायम भएको छ । २ : ३५ बजे नेप्से १९४९ अंकमा झरेको थियो, त्यसपछि बजार उकालो लागेको हो । दिनभर कुल १ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन १ अर्ब १८ करोडको कारोबार भएको थियो ।

कुल १२६ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने १४ को स्थिर रहृयो । बैंकिङ १.९, विकास बैंक १६, होटल तथा पर्यटन २९, जलविद्युत् १६, जीवन बीमा ५५, उत्पादन ६, माइक्रोफाइनान्स १८, निर्जीवन बीमा ३२, अन्य ६ र व्यापार उपसमूह ३० अंक बढे । फाइनान्स उपसमूह भने ०.४ अंक घट्यो ।

थ्रीस्टार हाइड्रोपावर, दोल्ती पावर, ग्रीन भेन्चर, रुरु जलविद्युत् र आशा लघुवित्तको मूल्य ९.८ प्रतिशतदेखि १० प्रतिशतसम्म बढ्यो । लिबर्टी इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, नबिल बैंक, सोल्टी होटल र एनआईसी एसिया बैंक क्रमशः अगाडि रहे ।


प्रकाशित : भाद्र १८, २०८० १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?