कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल नियुक्त

काठमाडौँ — तीन सातादेखि रिक्त भन्सार विभाग प्रमुखमा सहसचिव शोभाकान्त पाैडेललाई आज नियुक्त गरिएको छ । गत मंसिरमा नियुक्त भएका चक्रबहादुर बुढालाई वैशाखको अन्तिम साता पर्यटन मन्त्रालयमा सरुवा गरिएपछि महानिर्देशक पद रिक्त थियो ।

भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल नियुक्त

खानेपानी मन्त्रालयबाट केही दिन अघि अर्थ मन्त्रालयमा सरुवा गरिएका पौडेल राजस्व प्रशासनसॅग संलग्न पुराना सहसचिव मध्येका हुन् । बुढालाई गत मंसिरमा भन्सार महानिर्देशक नियुक्त गरिएकोमा उनलाई पाॅच महिनामा सरुवा गरिएको थियो ।

पौडेललाई आन्तरिक राजस्व विभागको महानिर्देशकबाट २०७९ फागुन २ गते सरुवा गरेर पाॅच महिनासम्म कामै नदिई अतिरिक्त समूहमा राखेर खानेपानी मन्त्रालयमा पठाइएको थियो । पौडेललाई तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले सरुवा गरेरका थिए । चालु वर्षमा भन्सार राजस्व संकलन न्युन भएकाबेला अर्थमन्त्री प्रकाशशरण महतले अहिले पौडेललाई पठाएका हुन् । अर्थका जानकारका रुपमा चिनिएका पौडेललाई अन्य निकायमा राखेकोमा आलोचना हुॅदै आएको थियो ।


प्रकाशित : जेष्ठ १७, २०८० १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?