कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

हेटौंडा कपडा, गोरखकाली रबर र बुटवल धागो उद्योग सञ्चालन गरिने

काठमाडौँ — सरकारले हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो उद्योग सञ्चालन गर्ने भन्दै नीति तथा कार्यक्रममा समेटेको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ती तीन उद्योग पूर्ण सञ्चालनको सम्भावना रहेको बताए ।

हेटौंडा कपडा, गोरखकाली रबर र बुटवल धागो उद्योग सञ्चालन गरिने

त्यस्तै, बन्द अवस्थामा रहेका रुग्ण उद्योगलाई सञ्चालन, खारेज र एकीकरण गर्न उच्चस्तरीय अध्ययन टोली गठन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । औद्योगिक विकासलाई तीब्रता दिन नवप्रवर्तनमा आधारित उद्यम व्यवसायीलाई प्रोत्साहन गरी विदेशी लगानी भित्र्याउन विदेशस्थित कूटनीतिक नियोगको सक्रियता बढाइने राष्ट्रपति पाैडेलले बताए । ‘वैदेशिक लगानीलाई उत्पादन एवम रोजगारी क्षेत्रमा परिचालन गरिनेछ,’ नीति तथा कार्यक्रम वाचन गर्दै पाैडेलले भने ।


प्रकाशित : जेष्ठ ५, २०८० १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×