२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

घरजग्गाको कारोबार कम्पनीबाट मात्रै हुने व्यवस्था गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौँ — नेपाल जग्गा तथा आवास विकास महासंघको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरी घरजग्गाको कारोबार कम्पनीमार्फत मात्रै गर्ने व्यवस्था लागू गर्न सुझाव दिएको छ । बजेट वक्तव्यमा घरजग्गा सम्बन्धी घोषणा गरिएका व्यवस्था लागू नभएकोमा महासंघले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

घरजग्गाको कारोबार कम्पनीबाट मात्रै हुने व्यवस्था गर्न प्रधानमन्त्रीलाई आग्रह

सोमबार महासंघका अध्यक्ष भेषराज लोहनीसहितको टोलीले चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएजस्तै रियल इस्टेट कम्पनीहरुले मात्र घर जग्गाको व्यावसायिक कारोबार गर्न पाउने व्यवस्था गर्न सुझाव दिएको हो । घरजग्गा कारोबार गर्ने कम्पनीहरूलाई सूचीकृत गर्ने, दर्ता भएका ब्रोकरहरु मार्फत मात्र घरजग्गा खरिद बिक्री गर्ने कानुनी व्यवस्था गरिदिन आग्रह गरिएको अध्यक्ष लोहनीले बताए ।

बजेट वक्तव्यलेेेेेेेेेेेेेेे १०० भन्दा बढी युनिट रहने अपार्टमेन्टको बढीमा २० प्रतिशत अपार्टमेन्ट विदेशीले खरिद गर्न पाउने नीति अंगिकार गरेको परिप्रेक्ष्यमा सोको प्रभावकारी कार्यन्वयन गर्न आवश्यक कानुनी व्यवस्थाको महासंघले माग गरेको छ । प्लानिङ पर्मिट प्राप्त रियल इस्टेट कम्पनीहरुलाई संघ, प्रदेश र स्थानीय तहरुको सहकार्य, समन्वय तथा साझेदारीमा जग्गा पुलिङ तथा आवास पुलिङ मार्फत् जग्गा तथा आवास विकास कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने महासंघको माग छ । महासंघले भूउपयोग सम्बन्धी कानुनहरुको प्रभावकारी कार्यान्वयन गरी कित्ताकाटलाई साविक बमोजिम नै सहजीकरण गर्न आग्रह गरेको छ ।

प्रकाशित : वैशाख ११, २०८० १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?