कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

५० प्रतिशत अनुदानमा नमोबुद्धका किसानलाई हाते ट्र्याक्टर

ज्योती श्रेष्ठ

काभ्रे — ५० प्रतिशत अनुदानमा नमोबुद्धका किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । नमोबुद्व नगरपालिका वडा नं १०, पुराना गाउँका किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर (मिनि टिलर) आइतबार वितरण गरिएको हो ।

५० प्रतिशत अनुदानमा नमोबुद्धका किसानलाई हाते ट्र्याक्टर

उत्पादन, उत्पादकत्व र आम्दानी बढाउने उद्देश्यले पुराना गाउँका २३ जना कृषकलाई ५० प्रतिशत अनुदानमा मिनि टिलर वितरण गरेको वडाअध्यक्ष रामकृष्ण उपाध्यायले जानकारी दिए । उनका अनुसार कृषि क्षेत्रमा कम लगानीमा धेरै प्रतिफल दिनको लागि नमोबुद्ध नगरपालिकाले आधुनिक कृषि औजारहरु वितरण गरिरहेको छ ।

नगरपालिकाका उपप्रमुख रत्नबहादुर लामाले किसानलाई हाते ट्र्याक्टर वितरण गर्दै, नगरले कृषकको हितमा थुप्रै कार्यक्रम र योजना ल्याएको बताए । उनका अनुसार वास्तविक कृषकलाई लाभ लिन अनुरोध गरे । प्रमुख प्रशासकीय अधिकृत लम्सालले अनुदानको सदुपयोग गरेर कृषि उत्पादन र आम्दानी बढाउन अनुरोध गरे ।

नगर उपप्रमुख रत्नबहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, कार्यपालिका सदस्य बुद्धकुमारी लामा, वडा सदस्य सन्तोष पाठक, कुमार सिं लामा, गीता विश्वकर्मा लगायतको उपस्थितिमा किसानलाई हाते ट्र्याकटर वितरण गरिएको हो ।

प्रकाशित : चैत्र २७, २०७९ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×