कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यो साता सरकारले २८ अर्ब आन्तरिक ऋण उठाउँदै

काठमाडौँ — यही चैत २० गते सोमबार सरकारले २८ अर्ब ५ करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै ट्रेजरी बिल मार्फत् २८ अर्ब ५ करोड रुपैयाँ उठाउन लागेको हो । जसअनुसार २६ अर्ब ५ करोड रुपैयाँ बराबरको परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिलको नवीकरण रहेको छ भने बाँकी ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागिएको छ ।

यो साता सरकारले २८ अर्ब आन्तरिक ऋण उठाउँदै

ट्रेजरी बिलका लागि सोमबार बोलकबोल गर्नेगरी राष्ट्र बैंकले सूचना जारी गरेको छ । जसअनुसार मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ । सरकारले गत साता पनि ट्रेजरी बिलमार्फत २२ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण संकलन गरेको थियो । पछिल्लो पटकको बोलकबोलमा ९.७४ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी ९.८९ प्रतिशत र सबैभन्दा कम ९.११ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।

सरकारले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (माघदेखि चैतसम्म)मा ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ । यो आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको सरकारले तेस्रो त्रैमासमा थप ८८ अर्ब रुपैयाँ उठाउन लागेको हो । सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ । सोही अनुसार अहिले ट्रेजरी बिल जारी गरिरहेको हो ।


प्रकाशित : चैत्र १९, २०७९ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?