कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

तीन दर्जनभन्दा धेरै  लघुवित्तको सेयर मूल्य १० प्रतिशत घट्यो 

कान्तिपुर संवाददाता

काठमाडौँ — साता कारोबारको अन्तिम दिन बिहीबार तीन दर्जनभन्दा धेरै लघुवित्त कम्पनीहरुको सेयर मूल्य १० प्रतिशत घटेको छ । राष्ट्र बैंकले लघुवित्त कम्पनीको लाभांश वितरण केही कडाइ र व्यवसाय पनि प्रभावित हुने गरी नीतिगत व्यवस्था गरेपछि सेयर बजारमा यो उपसमूहमा भारी गिरावट आएको छ । यो उपसमूह सबैभन्दा धेरै ४१२ अंक घट्यो । 

तीन दर्जनभन्दा धेरै  लघुवित्तको सेयर मूल्य १० प्रतिशत घट्यो 

छिमेक, डिप्रोक्स, समिट, स्वरोजगार, नयाँ सारथी, कालिका, मिथिला, मिर्मिरे, विजय, एनएमबी, ग्लोबल आईएमई, सूर्योदय, किसान, जनउत्थान, मेरो, नेसनल, आरएसडीसी, फरवार्ड, उन्नति, माहुली, आरम्भ, सामुदायिक, गणपति, आधिखोला, एनआईसी, साधना, महिला, जीवन विकास, मानुसी, राष्ट्र उत्थान, जल्पा, नेस्डो, उपकार, सीवाईसी, आदर्श, धौलागिरी र सिर्जनशील लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । खप्तड, लक्ष्मी, गरिमा र स्वावलम्वन लघुवित्तको मूल्य पनि ९.९ प्रतिशत घट्यो ।

सेयर बजारको परिसूचक नेप्से भने ५७.७ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०२२ अंकमा कायम भएको छ । २ अर्ब ५२ करोडको कारोबार भयो । कुल १४ कम्पनीको मूल्य बढ्दा २०३ को घट्यो भने १ को स्थिर रह्यो ।

सबै उपसमूह घटेका छन् । बैंकिङ २४, विकास बैंक ५३, फाइनान्स १२, होटल तथा पर्यटन ९८, जलविद्युत् ५८, जीवन बीमा २१८, उत्पादन १०२, माइक्रोफाइनान्स ४१२, निर्जीवन बीमा १९८, अन्य ३० र ब्यापार उपसमूह ४५ अंक घटे । कारोबार रकमका आधारमा छिमेक लघुवित्त, एनआईसी एसिया बैंक, हिमालयन डिस्टिलरी, साना किसान विकास बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक क्रमशः अगाडि रहे ।


प्रकाशित : फाल्गुन ११, २०७९ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×