भारतमा ब्याजदर थप बढ्यो


काठमाडौँ — रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले ब्याजदर थप बढाएको छ । आरबीआईका गभर्नर शक्तिकान्त दासले रिपो दरमा ०.२५ प्रतिशत बिन्दुले वृद्धि गरेका हुन् । अब आरबीआईको रिपो दर ६.२५ प्रतिशतबाट ६.५० प्रतिशत कायम भएको छ ।

भारतमा बढ्दो महँगीलाई नियन्त्रणमा राख्नका लागि आरबीआईले यो कदम चालेको दासले बताएका छन् । आरबीआईको मौद्रिक नीति समितिले नै सर्वसम्मति रुपमा रिपो दर बढाउने निर्णय गरेको सञ्चारमाध्यम इकोनोमिक टाइम्सले जनाएको छ । भारतमा आर्थिक वर्ष २०२३/२४ मा आर्थिक वृद्धिदर ६.४ प्रतिशत रहने उनले अनुमान गरेका छन् । रिपो दर बढ्दा समग्रमा भारतमा ब्याजदर बढ्न जानेछ । त्यस्तै भारतमा बैंक रेट ६.७५ प्रतिशत पुगेको छ । मुद्दती निक्षेपकै ब्याजदर भारतमा ८ प्रतिशत नाघेको छ ।