पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान स्थगित- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान स्थगित

रासस

काठमाडौँ — आइतबार बिहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए ।

विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए । दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज विहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिएको जानकारी दिए । 'मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ', उनल भने यो, 'विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ ।'


प्रकाशित : माघ १, २०७९ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्

कर्णाली प्रदेशको सभामुखमा नन्दा गुरूङ निर्वाचित

तृप्ति शाही

वीरेन्द्रनगर — कर्णाली प्रदेशको सभामुखमा एमालेकी नन्दा गुरूङ निर्वाचित भएकी छिन् । एमालेबाट निर्वाचित सांसद् उनले कांग्रेसका खड्क पोखरेललाई १० मतले पराजित गरेकी हुन् ।


आइतबार सम्पन्न मतदानमा गुरुङले २४ मत प्राप्त गर्दा पोखरेलले मत १४ प्राप्त गरे ।

प्रकाशित : माघ १, २०७९ १३:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×