१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

रेमिट्यान्सको भरमा मात्रै अर्थतन्त्र सबल हुँदैन: अध्यक्ष गोल्छा

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले रेमिट्यान्सको भरमा मात्रै अर्थतन्त्र सबल नबन्ने बताएका छन् । रेमिट्यान्सका अलवा निर्यात र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सकेमा मुलुकको अर्थतन्त्र बलियो हुने उनको भनाइ छ । 

रेमिट्यान्सको भरमा मात्रै अर्थतन्त्र सबल हुँदैन: अध्यक्ष गोल्छा

बिहीबार नेपाल निर्यात परिषद्ले आयोजना गरेको नेपाली निर्यातजन्य वस्तुहरुको प्रदर्शनीमा सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष गोल्छाले विदेशी मुद्रा आर्जन गर्न तीन वटै क्षेत्र रेमिट्यान्स, पर्यटन र निर्यातलाई चलायमान बनाइरहनुपर्ने बताए । सरकारले विदेशी मुद्रा आर्जनको लागि मौलिक वस्तुको निर्यातमा प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।

बैंकिङ प्रणालीमा तरलताको अभाव र शोधनान्तर स्थिति कमजोर भएकाले अर्थतन्त्र गम्भीर अवस्थामा रहेको उनले बताए । ‘विदेशी मुद्राको आय स्रोत रेमिट्यान्स मात्रै भयो, ९० प्रतिशत आय रेमिट्यान्स छ । पहिला पर्यटनबाट पनि विदेशी मुद्रा आर्जन हुने गरेको थियो, निर्यातको प्रतिशत पनि बढी थियो’ उनले भने ‘अब सबैले निर्यात बढाउन जरुरी छ । सरकारले निर्यातलाई प्रोत्साहन गर्नको लागि नगद अनुदान दिने घोषणा गरेको छ । त्यसको नियमावली पनि बनेको छ । तर निर्यातकर्तालाई अनुदान आउन सकेको छैन ।’


प्रकाशित : पुस २१, २०७९ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?