कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा महोत्सव सम्पन्न

७ लाखले अवलोकन गरेको महोत्सवमा ३० करोड रुपैयाँ बराबरको कारोबार भएको आयोजकले जनाएको छ
अमृता अनमोल

बुटवल — बुटवलमा आयोजित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव सम्पन्न भएको छ । ७ लाख दर्शकले अवलोकन गरेको महोत्सवमा ३० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ ।

बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा महोत्सव सम्पन्न

‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ मूल नाराका साथ रुपन्देही उद्योग संघ र उद्योग परिसंघ लुम्बिनीले महोत्सव आयोजना गरेका थिए ।

बुटवल मण्डपस्थित आधुनिक प्रदर्शनी केन्द्रमा पुस ७ गतेदेखि सुरु महोत्सव मंगलबार विशेष कार्यक्रमको आयोजना गरी प्रदर्शनीको समापन गरिएको छ । प्रदर्शनी मूल आयोजक समितिका संयोजक तथा रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले संघका अग्रजहरुको पहलमा थालिएको औद्योगिक प्रदर्शनी यस क्षेत्रका लागि पहिचान र उत्सव बनेको बताए ।

अस्थिरताकाबीच लगानी गरिरहेका उद्योगी व्यवसायीहरुले पछिल्ला दिनमा सामना गर्नु परेको आर्थिक संकट र व्यवसायिक अस्थिरताको अन्त्य गरी बजारलाई चलायमान बनाउन प्रदर्शनीले थोरै भए पनि सकारात्मक भूमिका निर्वाह गरेको उनले बताए।

प्रदर्शनीमा विभिन्न प्रकृतिका ३१० प्रतिष्ठान उत्पादनहरु ४१५ वटा स्टलहरुमा सहभागी भएका थिए । ती रुपन्देही, कास्की, मोरङ, भक्तपुर, अर्घाखाँची, गुल्मी, नवलपरासी, कपिलवस्तु, पाल्पा, स्याङ्जा, काठमाडौं, ललितपुर, बाँके, चितवन, झापा, मोरङ, बारा, धनुषा, जुम्ला, मकवानपुर, विरगञ्ज, सुनसरी, जनकपुर, हेटौँडा, सर्लाही, भोजपुर, दाङ, उदयपुर, दोलखा, मुस्ताङ लगायत रहेका थिए ।

रुपन्देही उद्योग संघले प्रदर्शनीको प्रति प्रवेश टिकटबाट ४ रुपैयाँ गौतमबुद्ध सामुदायिक मुटु अस्पताल र ४ रुपैयाँ औद्योगिक तथा सामाजिक विकास राहात कोषका लागि छुट्टयाएको जनाएको छ ।

प्रकाशित : पुस १९, २०७९ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?