कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

इन्भेस्टमेन्ट र मेगा बैंकको मर्जर पूरा

काठमाडौँ — नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकबीचको मर्जर प्रक्रिया पूरा भएको छ । राष्ट्र बैंकले मर्जरका लागि आइतबार अन्तिम स्वीकृति प्रदान गरेपछि ती बैंकहरूको मर्जर प्रक्रिया पूरा भएको हो । यद्यपि ती बैंकहरुले एकिकृत कारोबार सुरु गर्न भने बाँकी छ । पुस ७ गते सम्पन्न दुबै बैंकका वार्षिक साधारणसभाले मर्जरको प्रस्ताव पारित गरेका थिए । त्यसपछि बैंकहरुले अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिएका थिए ।

इन्भेस्टमेन्ट र मेगा बैंकको मर्जर पूरा

मर्जरपछि मेगा बैंकको १ सय कित्ता सेयर बराबर इन्भेस्टमेन्ट बैंकको ९० कित्ता कायम रहनेछ । अब कुनै सेयरधनीसँग इन्भेस्टमेन्ट बैंकको १ सय कित्ता सेयर छ भने उसको सेयर संख्यामा कुनै परिवर्तन हुँदैन । तर, मेगा बैंकको १ सय कित्ता सेयर हुने सेयरधनीको भने घटेर ९० कित्ता हुनेछ ।

मर्जरपछि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि दुवै कम्पनीले एकीकृत कारोबार सुरू गर्नेछन् । यी कम्पनीले छिट्टै एकिकृत कारोबार सुरु गर्ने जनाएका छन् । कम्पनीले हाल इन्भेस्टमेन्ट बैंकको चुक्ता पुँजी १९ अर्ब ३ करोड र मेगा बैंकको १६ अर्ब ७६ करोड रूपैयाँ छ । मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३५ अर्ब रुपैयाँ हाराहारीमा पुग्नेछ ।

प्रकाशित : पुस १७, २०७९ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×