धवलशमशेर राणा

धवलशमशेर राणाका लेखहरु :

स्थानीय तहबाटै पूर्वाधारको विकास

हामी संघीय सरकारमा गएको एक महिना मात्र भयो । अनुभव खासै भएको छैन । तर स्थानीय निकायमा धेरै लामो समय काम गरियो । शारीरिक र मानसिक रूपमा अत्यन्तै दबाबपूर्ण काम भयो । तर आत्मसन्तुष्टि पनि त्यत्तिकै मिलेको छ । जुन सहरमा जन्मियो, बसियो, त्यो सहरका हरेक किसिमका विकास आफ्नै अगाडि आफ्नै हातले गर्न पाउँदा छुट्टै खुसी मिल्छ । 

प्रदेशको औचित्य

हाम्रोजस्तो मुलुकमा प्रदेशको औचित्य छैन । ढिलो–चाँडो यसको खारेजी अनिवार्य छ । हामी त घोषित रूपमै प्रदेश खारेज गर्नुपर्छ भनिरहेका छौं । हाम्रो उद्देश्य पनि त्यही हो । एउटा प्रदेशलाई मात्र लिएर विकास हुँदैन । सिंगो देशलाई लिनुपर्छ । यसका लागि नीति–नियम परिवर्तन गर्न आवश्यक छ ।