सुशीला तामा‌ङ

ग्यालरीमा गुरु रिन्पोछे

बौद्ध सम्प्रदायमा पद्मसम्भवलाई गुरु रिन्पोछेको रूपमा पुकारिन्छ । आठौं शताब्दीमा भारतबाट नेपाल हुँदै तिब्बतमा पुगेर त्यहाँ बौद्ध धर्म फैलाउने श्रेय उनैलाई जान्छ । महायानी परम्पराअनुसार बुद्धकै अवतार मानिने पद्मसम्भवले तिब्बतमा राजा ठ्रिचोङ देच्छेनको समय शामी गुम्बा बनाएका थिए, जुन तिब्बतकै पहिलो गुम्बा मानिन्छ ।

नारी अस्तित्वलाई जापानी रङ

कुनै खास घटनासित जोडिएको छ भने बितेका पलले मानिसलाई पछिसम्म नै तानिरहन्छ । जापानी चित्रकार इजुमी तानाबेको बाल्यकाल पनि त्यस्तै खास रह्यो । घरधन्दा सकेपछि आमा उनलाई अलिक टाढा लिएर जान्थिन् र दुवैजना मधुर साँझको प्रकाशमा केहीबेर हिँडिरहन्थे । ती क्षण उनलाई सबैभन्दा सुन्दर लाग्छन् । विशेषगरी त्यतिखेरको प्रकाशका देखिएको रङका स्मृति । बितेका दिनका प्रकाशका ती रमाइला क्षण अहिले नरहे पनि त्यसलाई अनुभव गर्छिन् उनी अनि यसैलाई नारी जीवनका अनेक पक्षसँग तुलना गर्दै चित्रमा उतार्छिन् ।

चित्रकारको फरक उडान

कुनै समय काठ, माटो या तामाको माना–पाथी चल्तीमा थिए । समयले फड्को मार्‍यो । गाउँघरतिर पनि अब डिजिटल तुलोको देख्न सकिन्छ । चित्रकार सुशीला सिंह भने माना, कुरुवा र पाथीकै पक्षमा छन् । बरु उनी यी परम्परत वस्तुलाई परिमार्जन गर्न चाहिन्छन् । उनको यस्तै कला देख्न सकिन्छ यतिबेला राजधानीको लाजिम्पाटस्थित काठमाडौं आर्ट ग्यालरीमा । उनले माना र कुरुवालाई मात्र हैन, चिया पिउने कपसमेत माटोबाटै बनाएर त्यसमा कला भरेका छन्, जसलाई सेरामिक आर्ट भनिन्छ । 

पर्यटक तान्न यती

रहस्यमयी हिममानव मानिन्छ यतीलाई । अहिलेसम्म किम्बदन्तीकै रूपमा रहेको यतीसित ठमेलस्थित सातघुम्ती चोकैमा तपाईंको पनि भेट हुन सक्छ । साँच्चिकै हैन, मूर्तिकलासित । ठमेलस्थित सातघुम्ती चोकैमा चित्रकार मुक्तिसिंह थापाले तयार पारेका यतीको कलाकृति निकै रोचक लाग्छ । कलाकृति हेर्न स्वदेशीदेखि पर्यटकसम्म झुम्मिरहेका छन् । 

कलामा दुई देश

नेपाल–चीनबीच कला सम्बन्ध पुरानै हो । झन्डै आठ सय वर्ष पुरानो । अरनिकोले तिनताक चीनमा बनाएको स्तूप र प्यागोडाहरू अचेल पर्यटन केन्द्र बनेका छन् । यतिबेला भने नेपाल र चीनका दुई कलाकारले कलामार्फत् जोडिएको दुई देशको सम्बन्धमा इँटा थप्ने काम गर्दै छन् ।

सुशीला तामा‌ङका लेखहरु :

सारंगीमा छैन युवाको चासो

पर्यटकहरूको आवतजावत भइरहेको ठमेलको व्यस्त बजार जेपी मार्गको छेउमै सारंगीको र्‍याइँर्‍याइँ धुन बजाइरहेका भेटिन्छन्, गोरखा धारापानी ७ का सुरेश गान्धारी । त्यही उनको सारंगी, मादल र मुरलीको ‘सारंगी फोक म्युजिक सप’ पनि छ ।

“हामी पग्लिरहेका छौं”

सुरुमा उनले सेतो प्लास्टिकको झोलाबाट भुइँमा नुन खन्याइन् । त्यसपछि दुई हातमा आइसका डल्ला लिई वरिपरि घुम्न थालिन् । उनी घरी नुनलाई खुट्टाले यताउति छरिहेकी थिइन् घरी हातमा रहेको आइसका डल्लासँगै खेलिरहेकी थिइन् । खेल्दाखेल्दै कलाकार सौरगंगा दर्शनधारीका हातबाट ती सबै पग्लेर विलिन भए । छताछुल्ल नुन पनि पग्लिँदै गयो ।

जापानी शैलीमा शिशिर–वसन्त

मञ्चमा दुईवटा पुतली बल खेलिरहेका थिए । ती पुतली एउटा शिशिर र अर्को वसन्तका रूपमा थिए । खेल्दाखेल्दै दाजुभाइको बल नजिकै सिंगारपटारमा व्यस्त नयाँ रानी अर्थात् शिशिर–वसन्तकी सौतेनी आमातिर पुगेर ठोकिन्छ र उनका सबै सामान छताछुल्ल हुन्छ । रिसले चुर रानीले सुरुमा वसन्तको आग्रहमा बल दिन मान्दिनन् । शिशिरले खोसेरै लिन्छ । रानी झन् रिसाएर दुवैलाई मार्न राजालाई बाध्य पार्छिन् । मार्नुको सट्टा मन्त्रीहरूले दुवैलाई जंगलमा छोडिदिन्छ, दरबारमा शिशिर–वसन्तको त्यो नै अन्तिम खेल बन्छ ।

सदाबहार छैनन् देउसीभैली

‘तिहारै आयो लौ झिलीमिली, ए सुन हजुर भैलिनी आइन् आँगन...’ फिल्म ‘स्वर्ग’ मा समावेश यो गीत हरेक वर्षको तिहारमा सदाबहार । रेडियो, टीभी मात्र नभई स्टेज सो र देउसीभैलीसम्ममा यो गीत बज्दै आइरहेको छ । २५ वर्षअघि शम्भु प्रधानको फिल्म ‘स्वर्ग’ मा समेटिएको यो गीत बजेपछि तिहार आएको आभास हुन्छ । बर्सेनि तिहार गीतहरू रिलिज हुने भए पनि यो गीतको तुलनामा सदाबहादर हुन सकेको देखिँदैन । 

तामाङ सेलो हराउँदै मौलिकता 

कुनै समय तामाङ समुदायमा चन्द्रकुमार मोक्तानका मौलिक सेलो गीतहरू चर्चित थिए । रेडियो नेपालको फूलबारी कार्यक्रममार्फत् तीसको दशकमा उनैले तामाङ सेलोलाई पहिलोपटक श्रोतामाझ घन्काएका थिए । त्यसयता उनले निकालेका अधिकांश एल्बमहरू तामाङ मौलिकतामा आधारित रहे । पछिल्लो समय सेलो संगीतमा आधुनिक प्रयोगहरू भित्रिएपछि उनी गीति साधनाबाटै अलग भएका छन् ।