२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

रुक्मणी नेपाली

रुक्मणी नेपालीका लेखहरु :

सहरीकरणको चपेटामा दलित

कुरा २०४७ सालतिरको हो । म आँगनमा हजुरबुबासँगै खेलिरहेकी थिएँ । अचानक ‘बजारको बीचमा तिम्रो घर राम्रो देखिएन, बेचेर अन्तै जाओ’ भन्ने सुनियो । यसो भनेर हजुरबुबालाई धम्क्याउने ‘कथित उच्च’ जातका हाम्रो क्षेत्रका प्रतिष्ठित नेताको आवाजले मलाई आज पनि तर्साउँछ । 

जात व्यवस्थाको जाँतोमा दलित महिला प्रतिनिधि

‘बहिनी, माइन्युटमा हस्ताक्षर गरिदिनुपर्‍यो ।’ टोलसुधार समितिका अध्यक्ष माइन्युट बोकेर घरमै आउनुभयो । म कुनै बैठकमा सहभागी भएकी थिइनँ, कुन माइन्युटमा हस्ताक्षर गर्ने अलमल परें । केही समयअघि म बसेको क्षेत्रको सरसफाइका लागि टोलवासी भेला भएका थियौं । ‘तपाईं हिँडिहाल्नुभयो क्यारे’, अध्यक्षले भन्नुभयो, ‘हामी बसेर छलफल गरी निर्णय गर्‍यौं ।’ तर म बिदा मागेरै सरसफाइको कार्यक्रमबाट निस्केकी थिएँ । कसैले पनि मलाई बैठक वा छलफलबारे जानकारी गराएन । म हिँडिसकेपछि केही कथित ‘उच्च’ जातका व्यक्तिहरू बसेर निर्णय माइन्युट गरिएछ । निर्णयमा असहमति जनाउनैपर्ने विषय केही थिएन । तर प्रक्रियामै समर्थन जनाउन सकिनँ ।