बाबुराम भट्टराईको प्रधानमन्त्री कालमा मध्यरातमा थापाथली बस्तीमा डोजर चलाएर वर्षौं लाएर केही उठेकाहरू फेरि शून्यमा झारिएका थिए । त्यतिबेला कैयौं बालबालिकाको विद्यालय बीचैमा छुटेको थियो । अग्ला घरवालाका सन्तान स्कुल गइरहँदा उनीहरू थप १ वर्ष पछाडि परेका थिए । यसपालि पनि त्यही चक्र दोहोरिनेमा शंका छैन ।
यौन श्रमलाई वैधानिक बनाएर यौन श्रमिकको सरकारी अभिलेख राख्दा भविष्यमा उसले पेसा परिवर्तन गर्न चाहेमा अभिलेखले अवरोधका रूपमा काम गर्न सक्छ