२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

कमल नेपाल

कमल नेपालका लेखहरु :

७० अर्ब नाफा कमाएका बैंकहरूको खराब कर्जा दोब्बर

गत आर्थिक वर्ष ०७९/८० मा वाणिज्य बैंकहरूले कुल ७० अर्ब १७ करोड खुद नाफा कमाएका छन् । चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकको नाफा अघिल्लो आर्थिक वर्ष ०७८/७९ को तुलनामा २५ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्ष ०७८/७९ मा ५६ अर्ब १७ करोड खुद नाफा कमाएका थिए । यस वर्ष केही बैंकको मर्जपछि एकीकृत वित्तीय विवरण सार्वजनिक भएकाले नाफामा पहिलेको तुलनामा उल्लेख्य वृद्धि देखिएको हो, जसले गर्दा तत्कालीन नेपाल बंगलादेश बैंक गाभेको नबिलको नाफा पनि सबैभन्दा धेरै ७६ प्रतिशतले बढेको देखिन्छ ।

अर्थतन्त्रको बाह्य समस्या टर्‍यो

ठीक एक वर्षअघि समस्याग्रस्त बाह्य सूचकका कारण मुलुकको अर्थतन्त्र ‘संकटोन्मुख’ देखिएको थियो । खासगरी विदेशी मुद्रा सञ्चिति दबाबमा पर्दा गत वर्षको यही बेला १० प्रकारका वस्तुको आयातमै बन्देज लगाइएको थियो । गाडी, मोटरसाइकल, मोबाइल, मदिरा, सुर्तीजन्य पदार्थ, तास, खेलौना, कुरमुरेलगायत सामग्रीको आयातमा प्रतिबन्ध थियो । 

मौद्रिक समीक्षामार्फत उद्यम–व्यापारलाई थप छुट सुविधा

उद्योगी व्यवसायीलाई कर्जाको पुनर्तालिकीकरण र पुनःसंरचनाका थप सुविधा दिने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । बैंक तथा वित्तीय संस्थाबाट ५ करोडसम्म कर्जा लिएका ऋणीको नगद प्रवाह विश्लेषण गरी तिर्न नसकेकालाई असार मसान्तसम्म ऋणको पुनःसंरचना तथा पुनर्तालिकीकरण सुविधा दिइने भएको छ ।

घट्न थाल्यो ब्याजदर

वाणिज्य बैंकहरूले वैशाखदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाएका छन् । नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले मुद्दती तथा बचत खाताको ब्याजदर घटाउने निर्णय गरेको हो । संघको नयाँ निर्णयपछि ग्राहकले बैंकबाट पाउने ब्याजदर एकल अंक (१० प्रतिशतभन्दा कम) मा झर्ने भएको छ । व्यक्तिगत मुद्दती खातामा बैंकले वैशाखदेखि अधिकतम ९.९९ प्रतिशतसम्म ब्याज दिने भएका छन् । 

अर्थतन्त्रका बाह्य सूचकमा सुधार

अर्थतन्त्रका बाह्य सूचकहरूमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय स्थिति प्रतिवेदन अनुसार मुलुकको शोधनान्तर (भुक्तानी) स्थिति, विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्सलगायतका सूचकमा सुधार देखिएको हो ।

आयात प्रतिबन्धले व्यापार घाटामा सुधार

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल ४ खर्ब रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन, भदौ र असोजको समग्र व्यापार स्थितिअनुसार गत वर्षको सोही अवधिको तुलनामा आयात १६.२ प्रतिशतले घटेको छ ।

आयात प्रतिबन्धकै बेला घटिरह्यो विदेशी मुद्रा सञ्चिति

विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सरकारले ३ सय अमेरिकी डलरभन्दा माथिका मोबाइल, कार, जिप, भ्यान, १५० सीसीमाथिका मोटरसाइकल तथा विदेशी तयारी मदिरा आयातमा प्रतिबन्ध लगाएको छ । सरकारले पटक–पटक म्याद थप्दै आयात प्रतिबन्धलाई मंसिर मसान्तसम्म कायम गरेको छ । वैशाख १४ देखि यी वस्तुको आयात प्रतिबन्ध रहिरहे पनि विदेशी मुद्रा सञ्चिति घट्ने क्रममा भने सुधार देखिएको छैन ।

मौद्रिक नीतिले बढाउला सेयर बजार ?

मौद्रिक नीति सार्वजनिक भएपछि कारोबारको पहिलो दिन सेयर बजारमा उत्साह देखिएको छ । सेयर बजारको परिसूचक नेप्से मात्रै नभई उपसमूहका सूचक र कारोबार रकमसमेत आइतबार उल्लेख्य बढ्यो । नेप्से परिसूचक ६१.०५ अंक बढेर ०७८ अंकमा कायम भएको छ । उक्त दिन कुल २ अर्ब ७३ करोड रुपैयाँको कारोबार भयो ।

‘नयाँ स्टक एक्सचेन्जको निर्णय अध्ययनपछि’

निजी क्षेत्रको लगानीमा स्टक एक्सचेन्ज स्थापना गर्ने सम्बन्धमा थप अध्ययनपछि मात्र निर्णय हुने भएको छ । भारतजस्तो ठूलो मुलुकमा समेत दुईवटा मात्रै स्टक एक्सचेन्ज रहेको उदाहरण दिँदै धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले नेपालमा नयाँ एक्सचेन्जबारे अहिले केही भन्न नसकिने धारणा राखे ।

सेयर लगानीकर्ताको सम्पत्ति एकै दिन डेढ खर्ब घट्यो

एकै दिन सेयर बजार परिसूचक नेप्से करिब १ सय अंक घटेको छ । सोमबार ९९.८ अंक झरेपछि नेप्से २८२० अंकमा अडिएको छ । पुस १२ मा २५२१ अंकमा रहेको नेप्से एक महिनामै ४ सय अंकले उक्लिएर गत साता २९३१ अंकमा पुगेको थियो । एकै दिन १ सय अंक बजार घट्नुको मुख्य कारण स्थानीय तहको चुनाव मिति धकेल्ने सरकारको गृहकार्य रहेको सम्बद्ध अधिकारीहरू बताउँछन् ।