सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर नयाँ मुलुकका रूपमा बंगलादेशको उदय हुँदै गर्दा तत्कालीन अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरले बंगलादेश आर्थिक रूपमा स्वतन्त्र मुलुक रहन नसक्ने आकलन गरेका थिए । त्यसको ५० वर्षपछि बंगलादेशले किसिन्जरको त्यो आकलनलाई गलत साबित गरेको मात्रै छैन, एसियाको उदीयमान अर्थतन्त्रको पंक्तिमा आफूलाई उभ्याउन सफल पनि भएको छ ।